Ad Area Ad Area
Ad Area
Ad Area

रोटरीमा जोडिएर समाज सेवासँगै धेरै मान्छे कमाएको छु : अध्यक्ष खान

सन् २०१६ सालबाट रोटरी क्लव अफ दाङमा जोडिएर विभिन्नि पदमा क्रियाशिल भुमिका निर्वाह गरी अहिले वर्ष २०२१÷२०२२ को अध्यक्ष पदमा रहेर रजिव उल्लाह खानले काम गर्दै आउनु भएको छ । यसैविच आज हामीले क्लवका अध्यक्ष खानसँग कुराकानी गरेका छौँ ……… ।।

Blog Post Ad

प्रस्तुती : चन्द्रप्रकाश नेपाली

Blog Post Ad

रजिव उल्लाह खान
अध्यक्ष (वर्ष २०२१÷२०२२)
रोटरी क्लव अफ दाङ

Blog Post Ad

स्वागत छ यहाँलाई ।
धन्यवाद छ ।
रोटरीको यात्रा कसरी सुरु गर्नुभयो ?
सन् २०१६ सालमा म जेसिसको अध्यक्ष भएर भुमिका निर्वाह गर्ने अवसर पाए । मैले मेरो रोटरी क्लवसँगको यात्रा पनि त्यही वर्षबाट सुरु गरे । सुरुमा साधारण सदस्यबाट सुरु गरेको यात्रामा वर्ष २०१७ मा कोषाध्यक्षमा निर्वाचित भए । त्यसपछि वर्ष २०१८ मा सचिव र २०१९ मा प्रस्तावित अध्यक्ष र २०२१ मा अध्यक्ष पदमा रहेर आफ्नो भुमिका निर्वाह गरिरहेको छु । रोटरी क्लवमा रहेर विभिन्न समयमा समाज सेवामा टेवा पुराउने उद्देश्यका साथ धेरै कामहरु गर्ने अवसर पाए ।

रोटरी क्लव कस्तो संस्था हो ?
यो एउटा गैरनाफामुलक एउटा अन्तराष्ट्रिय संस्था हो । यसमा १८ देखी माथी उमेरका जुन कुनै उमेर, जात, धर्मका व्यक्तिहरुले आफ्नो स्वार्थभन्दा माथि रहेर समाज सेवामा तल्लिन हुने संस्था हो । दाङको घोराहीमा २०११ सालमा स्थापना भएर विभिन्न समाज सेवा मुलक कामहरु गर्दै आईरहेको छ ।

Blog Post Ad

तपाईको कार्यकाल सुरुभए यता के कस्ता कामहरु गर्नु भयो ?
यसवर्षको जुलाई महिनाबाट मेरो कार्यकाल सुरु भयो । यो अवधिमा हामीले विभिन्न खालका कामहरु गर्न सफल भएका छौँ । जसअन्तरगत हामीले खाद्यान्न वितरण, स्वास्थ्य सामाग्री वितरणदेखी लिएर विभिन्न खालका कार्यक्रम गरेका छौँ । कोरोनाका कारण छाक टार्न समस्यामा परेका गरिव तथा निम्न वर्गका नागरिकहरुलाई खाद्यान्न सहयोग ग¥यौ । हामीले वडा ११, ८ र १५ मा गरेर एक ट्रक खाद्यान्न सहयोग गरेका थियौ ।

दु:खमा परेकाहरुलाई सहयोग गर्न पाउदा मनलाई निकै सन्तुष्टि र खुशी मिल्दो रहेछ । त्यस्तै हामीले सरकारले एक हप्ते मास्क खोई अभियान सञ्चालन गर्दा पनि साताभरी नै त्यो अभियानलाई प्रभावकारी बनाउन आफ्ना क्रियाकलापहरु सञ्चालन ग¥यौ । यसअघिका अध्यक्ष डा. चेतनारायण पाण्डेको कार्यकालमा सुरु भएको थुप्रै प्रशंसायोग्य कामहरुलाई मैले पनि निरन्तर दिए ।

त्यतिवेला बन्दाबन्दिको समयमा हामीले अटो एम्बुलेन्स समेत सञ्चालन, टेलिफोन मार्फत स्वास्थ्य परामर्श दिने कार्यक्रम पनि सञ्चालन गरेर नागरिकको जिवन र दैनिकीलाई सहज बनाउन काम गरेका थियौ ।

कोरोनाबाट संक्रमित भई होम आईसोलेशनमा बसकेका विरामीहरुलाई घरमै पुगेर भेट्ने, विरामीको अवस्था बुझ्ने र मेडिकिट वितरण गर्ने कामलाई मैले मेरो कार्यकालमा पनि निरन्तर रुपमा अगाडी बढाए । रक्त सञ्चार केन्द्र घोराहीमा ३ ब्लड डोनेशन चेयर प्रादन ग¥यौँ ।

काम गर्ने अवको आगामी योजना के छन् ?
अहिले हामीले तत्कालै केही दिनमा कृषि पुस्तकालय सञ्चालनमा ल्याउदै छौ । हामीले घोराही ३ गोग्ली नजिक पुस्तकालयका लागी भवन निर्माणदेखी लिएर अन्य व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

हामीले त्यहाँ कृषिसम्बन्धि पुस्तकहरु मात्रै नभएर कृषिमा यन्त्रिकिरण तथा आधुनिकिकरणका बारेमा विभिन्न तालिमहरु पनि सञ्चालन गर्ने योजना बताएका छौँ । रोटरीको आफ्नो भवन निर्माण तथा रोटरी स्वाथ्य पार्क बनाउनका लागी घोराही उपमहानगरपालिकाले घोराही १५ मा जग्गा उपलब्ध गराएको छ ।

त्यसलाई कस्तो बनाउने भन्ने बारेमा गुरु योजना निर्माण गरेका छौ । जग्गा उपलब्ध गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने घोराहीका नगरप्रमुख नरुलाल चौधरी र वडा नंम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेप्रति धन्यवाद व्यक्त गर्छु । घोराही बजारभित्रको दुई स्थानमा यात्रु प्रतिक्षालय निर्माणको योजना बनाएका छौँ ।

यस्तै अपाङ्गता भएका तिन जनाहरुलाई ह्वील चियर प्रदान गर्ने योजना बताएका छौँ । विश्व वातावरण दिवसका अवसरमा किसानहरुलाई विभिन्न विरुवा वितरण गर्ने योजना छ । दुई लाख रुपैयाँको लागतमा घोराही १७ का कृषकहरुलाई माछाका भुरा तथा विउविजन वितरण गर्ने योजनालगाएतका समाजलाई सकारात्मक प्रभाव पर्ने विभिन्न खालका कामहरु गर्ने योजना मसहित मेरो नेतृत्वको कार्यसमितीले बनाएको छ ।

समाज सेवाका यतिका काम गर्नुहुन्छ, आर्थिक व्यवस्थपन कसरी हुन्छ ?
क्लवमा आवद्ध सबै सदस्यहरुले वार्षिक रुपमा नविकरण शुल्क अनिवार्य उठाउछौँ भने हामीले गर्ने अधिकांश कार्यक्रममा अन्य सहयोगी मनहरुबाट रकम प्राप्त हुने गर्छ । हामीलाई रोटरी क्लवको केन्द्रबाट पनि केही रकम निश्चित कामहरु गर्नका लागी सहयोग मिल्छ ।

हाम्रो मुख्य उद्देश्य कमाईको केही अंश समाज सेवामा खर्चिनु पर्छ भन्ने हो । त्यही स्वरुप हामीले समाज सेवा मुलक विभिन्न कामहरु गर्दा धेरै व्यक्तिहरुबाट सहयोग प्राप्त हुन्छ । त्यही रकमबाट हामीले आफ्ना क्रियाकलाप सञ्चालन गछौँ ।

समाज सेवा गर्ने उद्देश्यले सञ्चालनमा आएका अन्य संस्थाभन्दा रोटरीमा के फरक छ ?
अन्य संस्थाहरुले व्यक्ति विशेष कार्यक्रम मात्रै गर्छन् भने रोटरी क्लवले परिवारिक मेलका कार्यक्रमहरु समेत गर्ने गर्छ । समाजलाई सकारात्मक प्रभाव पार्नु हाम्रो पनि मुख्य उद्देश्य हो तर हामीले यस्का साथै पारिवारिक मेल विशेष बनाएर आफ्ना क्रियाकलापहरुलाई सञ्चालन गर्ने गछौँ ।

प्रत्यक शुक्रवार हामी क्लवका फरक फरक सदस्यको घरमै पुगेर रोटरी क्लवको नियमित बैठक बस्छौँ । त्यसले क्लवका सदस्यहरुको घरपरिवारका विचमा पनि आत्मियता बढ्ने गर्छ । अहिले बुटवलमा अन्तरदेशिय सम्मेलन हुदै छ । त्यहाँ पनि घरपरिवारका सबै सदस्यहरुलाई बोलाईएको हो । त्यसैले हाम्रो क्लवले पारिवारिक माया, स्नेहा, सम्मान र आत्मियतालाई प्रगाड पार्न महत्वपुर्ण भुमिका खेल्छ ।

विभिन्न क्षेत्र र व्यवसायमा व्यस्त भैरहदा समाज सेवा गर्न कत्तिको असहज हुदो रैछ ?
मेरो लागी समाज सेवा असहज कुरा होईन । सेवा गर्न चाहने ईच्याशक्ति हुनु नै समाज सेवा हो । समाज सेवाका लागी समय दिनै पर्छ भन्ने छैन् । समाज सेवाका लागी मेहनतको कमाईको केही अंशमात्रै खर्च गर्नु पनि महत्वपुर्ण समाज सेवा हो । मैले समय र मेरो कमाईको केही अंश दुबै दिएको छु । म मरो कामदेखी निकै सन्तुष्ट छु ।

अहिले रोटरीको अध्यक्ष भैरहदा व्यवसायमा कस्तो असर गरेको छ ?
२०६० सालबाट घोराहीमा हामीले कस्मेटिक समाग्री विक्री वितरण गर्ने उद्देश्यले श्रीनगर स्टोर र जुबि कलेक्सन सञ्चालनमा ल्याएका छौँ । म रोटरीमा जोडिएर व्यवसायलाई प्रत्येक्ष रुपमा केही असर परेजस्तो देखिएपनि मेरो घरपरिवारबाट राम्रो सहयोग भएका कारण अप्रत्यक्ष रुपमा समस्या परे जस्तो देखिएको छ ।

अर्काेतिर मलाई नकारात्मक भन्दा पनि सकारात्मक प्रभावहरु धेरै परेको छ । मैले रोटरीमा जोडिएर समाज सेवासँगै धेरै मान्छे कमाएको छु । ती मान्छेहरुसँग मित्रता र आत्मियतासँगै व्यवसायीक सम्बन्ध पनि राम्रो भएकाले मैले ग्राहक पनि कमाएको महशुस गरेको छु ।

यहाँहरुले निजी क्षेत्रबाट काम गरिरहदा सरकारी क्षेत्रबाट कस्तो सहयोग पाउनु भएको छ ?
हामीले निजी क्षेत्रबाट काम गर्न स्थानिय सरकारबाट धेरै सहयोग पाएको महशुस गरेका छौँ । हरेक काम गर्दा सहयोग मिल्ने गरेको छ । तर केन्द्र सरकारले त्यो खालको अपनत्व ग्रहण गर्न सकेको देखिएको छैन् ।

हामीले गरिव तथा निम्न वर्गलाई सहजता प्रदान गर्नका लागी एम्बुलेन्स खरिद गरेका छौँ । भारतमा खरिद गरिएको एम्बुलेन्स अहिले भान्सारमै अलपत्र परेको छ । एम्बुलेन्स देशमा ल्याउने विषयमा सरकारको परिपत्र वारमवार परिवर्तन हुदा पाच महिनादेखी एम्बुलेन्स नाकामै अलपत्र परेको छ । यस्ता कुराहरुले गर्दा समाज सेवामा सकारात्मक सोच राख्दा पनि समस्या हुदो रहेछ ।

अन्त्यमा केही भन्नु छ ?
सुरुमा त मलाई मेरा अनुभवहरु सुनाउने यो अवसर दिनुभएकोमा राजमार्ग अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद । साथै रोटरी क्लवको अध्यक्ष भएर काम गरिरहदा रोटरीको कार्यसमिती, पुर्व अध्यक्षहरु त्था सदस्यहरु, विभिन्न तह तथा व्यक्तिगत रुपमा मलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्छु ।

यो संम्वादका लागी विशेष धन्यवाद ।
राजमार्ग अनलाईन
युनिटलाई पनि धन्यवाद

Ad Area