Ad Area Ad Area
Ad Area
Ad Area

‘बालबालिकाले गर्ने अविश्वासको भोटलाई रोक्नुपर्छ’

दाङ, २६ पुस । बालबालिकाले गर्ने अविश्वासको भोटलाई रोक्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बालबालिकाले आफ्नो अधिकार प्रयोग गर्न नपाएर उनीहरुमा पर्ने असरहरुको माध्यमबाट गर्ने भोटलाई रोक्नुपर्नेमा कार्यक्रममा जोड दिइएको छ ।

घोराही उपहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न गरिएको छलफलमा विकिरण गौतमले अधिकारबाट बञ्चित भएर ज्यान गुमाउने बालबालिकाले राज्यलाई अविश्सासको भोट गर्ने भन्दै यसलाई रोक्नु पर्ने बताउनुभएको हो ।

Blog Post Ad

‘निर्वाचनमा मात्र मतदान गर्नेले आफ्नो विचार स्वरुप भोट गरेका हुँदैनन्, यहाँ बालबालिकाले पनि भोट गरेका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘कुनै बालबालिका खान नपाएर वा सानो उमेरमा काम गर्दा गर्दै मृत्युवरण ग¥यो भने उसले राज्यलाई बाँच्न नसकेको स्वरुप अविश्वासको भोट गरेको हुन्छ ।’

Blog Post Ad

उहाँले अगाडी भन्नुभयो, ‘या बालबालिका पढ्न नपाएर अशिक्षित भयो । सवल नागरिक हुन सकने भने पनि त्यसले राज्यलाई अविश्वासको भोट गरेको हुन्छ ।’ गौतमले भोलीको सवल व्यक्ति बनाउनका लागि सोमबार बालबालिको जीवन सवल हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

परिवार भएका बालबालिकालाई परिवारले नै सवल व्यक्ति बनाउन बालबालिकामाथि लगानी गर्नुपर्ने र अभिवाक विहीन बालबालिमा राज्यले लगानी गर्नु पर्ने उहाँले बताउनुभयो ।

Blog Post Ad

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले संविधानले दिएको अधिकार प्रयोग गरेर मात्र बालबालिकालाई काममा लगाउन आग्रह गर्नुभयो । १४ वर्ष नपुगेका बालबालिकालाई कुनै पनि काममा लगाउन प्रतिबन्ध गरिएको जानकारी दिदै उहाँले १४ वर्ष माथिका बालबालिकालाई पनि संविधानको व्यवस्था अनुसार काममा लगाउन सबैलाई आग्रह गर्नुभयो ।

Blog Post Ad

दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोखरेलले उद्योगी व्यवसायी बालमैत्री पालिका निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै यस्ता छलफल कार्यक्रमहरु बालबालिका बढी प्रयो हुने कार्य क्षेत्रमा पुगेर गरे राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

बालमैंत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ लाई पालना गर्दै बालमैत्री पालिका घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटै सूचकलाई तदारुकताका साथ कार्यान्वयनको चरणमा अघि सारेको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताउनुभयो । आगामी फागुन २४ गते नारी दिवसका सन्दर्भ पारेर घोराहीले जिल्लामै पहिलो पटक बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य राखेको छ ।

घोराहीले आर्थिक वर्ष २०७४र०७५ बाट बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढाएको हो ।

Ad Area