Ad Area Ad Area
Ad Area
Ad Area

मौलिक पहिचान झल्काउने बिसौना रेष्ट्रो

चन्द्रप्रकाश नेपाली

Blog Post Ad

दाङ, २६ पौष । घोराही १५ नेत्रलाल अभागी चोक नजिक बिसौना रेष्ट्रो परमपरागत संरचनाहरु निर्माण गरी सञ्चालनमा आएको छ । कतै खरको छानो, कतै टायल, बासले बारेर बनाएका टहराहरु अनि माटोले बनाएका संरचनाहरु, जसले नेपालीको मौलिक संस्कृतीलाई झल्काउछ ।

Blog Post Ad

व्यस्त बजार, ठुला बिल्डीङ घरहरु अनि हर समय गाडीको ध्वनीले आजित भएका मान्छेहरु ग्रामिण क्षेत्रकै महशुस गर्दै थकान मेट्न बिसौना रेष्ट्रोमा पुग्दा निकै फरक र आनन्दपनको आभाष गर्ने खालको वातावरण तयार परिएको छ ।

Blog Post Ad

रेष्ट्रो भन्नेवितिकै लाईभ पप म्युजिक होहल्ला जस्ता कुराहरु मनमा श्रृजना हुन्छ तर रेष्ट्रको वातावरण भने निकै फरक र रमणीय छ । अहिले दैनिक ५ सय देखी ६ सय सम्म सेवाग्राहीहरु रेष्ट्रोमा पुग्ने गरेका छन् । सेवाग्राहीको धेरै चाप भएका कारण ३० प्रतिशत ग्राहकहरु नास्ता नखाएरै फर्किने गरेको सञ्चालकहरुको भनाई छ ।

सञ्चालनमा आएको हप्ता दिन नहुदै विशौना रेष्ट्रोले राम्रो सफलता प्राप्त गर्न सफल भएको छ । अहिले दिनमै डेढ लाखँ रुपैयाँ सम्मको कारोवार हुने गरेको रेष्ट्रोले जानकारी दिएको छ । ३ जना युवाहरुले मिलेर खोलेको रेष्ट्रोले राम्रो सफलता पाउने देखिएको छ ।

Blog Post Ad

घोराही उपमहानगरपालिकाभित्रका २७ वर्षिय दुई युवा र एक ३३ वर्षिय युवतीले मिलेर करिव १ करोडको लगानीमा रेष्ट्रो सञ्चालनमा ल्याउनु भएको छ । ८० लाख रुपैयाँ रेष्ट्रोको संरचना निर्माणमै खर्च भएको छ । रमेश बुढामगर, श्रीकुमारी बुढा मगर र निरज गिरीले संयुक्त रुपमा रेष्ट्रो सञ्चालनमा ल्याउनु भएको छ । व्यवस्थापन संकायमा प्लस टु पास गरेका दुई युवा र व्यवसाय गर्दै आउनु भएकी एक युवतीले संयुक्त रुपमा सञ्चालन गर्नुभएको हो ।

सञ्चालक रमेश बुढामगरले भन्नुभयो,–‘आफु जस्तै उमेर समुहका धेरै साथी गैरकानुनी बाटोमार्फत् लाखौ रुपैयाँ खर्च गरेर अमेरिका पुगेका छन् । त्यत्रो पैसा खर्च गरेर अर्काको देशमा पुग्दा उनिहरुको मनमा खुशी छैन् । त्यसैले हामी एक्दमै मिल्ने तिन जना साथीहरुले स्वदेशमै केही श्रृजनशिल काम गर्नुपर्छ भन्ने योजना बनाएर परमपरा र लोक संस्कृतीलाई झल्काउने खालका संरचनाहरु निर्माण गरेर विशौना रेष्ट्रो सञ्चालनमा ल्यएका छौँ,–‘ बुढा मगरले भन्नुभयो ।

आजभन्दा १ वर्ष पहिले स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यका साथ रेष्ट्रो सञ्चालन गर्ने योजना बनाएका ३ युवाहरुले अहिले आफु जस्तै २१ जनालाई रोजगार प्रदान गर्न सफल भएका छन् । अहिले रेष्ट्रोमा सञ्चालक ३ जनासहित २ जना काउन्टरमा, १० जना वेटर, १ जना सेफ, २ जना कुक र ६ जना हेल्फर गरेर २१ जना कार्यरत रहेका छन् । रेष्ट्रोले उनिहरुलाई मासिक रुपमा प्रतिकर्मीचारी १० देखी २५ हजार सम्म प्रदान गर्ने छ । अर्काेतिर महिनाको ४० हजार रुपैयाँ भाडा तिर्दै आएको छ ।

बजार क्षेत्रमा होटेल तथा रेष्टुरेण्टहरु खुलिरहेको समयमा आफुहरुले केही फरक तरिकाले व्यवसाय सुरु गरेको व्यवसायी निरज गिरीले बताउनु भयो । उहाँले आधुनिक संरचना निर्माण गरेरभन्दा परम्परागत नेपाली संस्कृति झल्कने संरचना निर्माणसँगै र मौलिक नेपाली परिकारको व्यवस्था गरेको बताउनुभयो ।

घोराही बजारको विचमा पनि दाउराकै आगोमा पकाएर आटो, ढिडो, सिस्नो, फापर, मकै, लोृकल कुखुरा लगायतका अर्गानिक परिकारहरु ग्राहकलाई उपलव्ध गराउने गरि सञ्चालन गरेको उहाँले बताउनुभयो । साथै उहाँले रेष्टुरेण्टमा अन्य आधुनिक ब्राण्डको समेत व्यवस्था रहेको बताउनुभयो । ग्राहकहरुलाई बस्नका लागि नेपालको तराई क्षेत्रमा बनेका पुराना खर, काठ र खपेटाले छाएका घरहरु निर्माणदेखि भुईमा गुन्द्री, बिरा, पिर्काहरुसँगै काठका मुढाहरु र कर्सीहरु राखिएर सजाईएको छ ।

घरको भित्तामा काठलाई आकर्षक रुपमा प्रयोग गर्नुका साथै बिसौना घर, रेष्टुरेष्ट, नेपाली चुलो, विचमा आकर्षक झरनालगायतका संरचनाले रेष्टुरेण्ट पुग्ने ग्राहकले खानपानसँगै सबै थकान मेट्ने गरेका सञ्चालक गिरीले बताउनुभयो । निर्माण कार्य सुरु भएको १ वर्षपछि काम सम्पन्न भई हालसालै रेष्ट्रो सञ्चालनमा आएको हो । साथै प्रत्येक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्ने योजना विशौना रेष्ट्रोले बनाएको छ ।

Ad Area