Ad Area Ad Area
Ad Area
Ad Area

ढाका म्याराथन २०२२ काे कास्य पदक सल्यानकी पुष्पाले हात पारिन

सल्यान, २६ पौष । बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक नेपालकी धाविका पुष्पा भण्डारीले हात पारेकि छन।

सोमबार दक्षिण एसियाली तर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता समेत पुष्पाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त निर्धारित दूरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् । कास्य पदक हात पार्ने पुष्पा कर्णाली प्रदेश अन्तर्गत सल्यान शारदा नगरपालिका १४ स्याला माल्नेटाकी हुन।

Blog Post Ad

कास्य पदक हात पारेपछि खुशी हुद‌ै पुष्पाले भनिन् “पाेहाेर साल स्वर्ण जित्दा २ घण्टा ५९ मिनेट लगाएकी थिए तर यसपल्ट २ घण्टा ५७ मिनेटमा कास्य पदकमा सफल भए २ मिनेट समय सुधारसंगै कास्य भयाे सुबिधा र ट्रेनिङकाे स्थिति अनुसार सन्तुष्टि नै छु।”

Blog Post Ad

त्यसैगरि भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी २ घण्टा ५३ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकै ज्योति गवाटेले निर्धारित २ घण्टा ५४ मिनेट १५ सेकेन्डमा पूरा गर्दै रजत पदक हात पारेकि छन।

Blog Post Ad

Blog Post Ad
Ad Area