Ad Area Ad Area
Ad Area
Ad Area

१ अर्ब १७ करोडको काजु र बदाम आयात

दाङ,२५ पुस । नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको काजु र बदाम आयात भएको छ ।

Blog Post Ad

भन्सार विभागले प्रकाशित गरेको आर्थिक वर्ष २०७८÷७९ को पहिलो चार महिनाको तथ्यांकमा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको काजु र बदाम आयात भएको पाइएको हो ।

Blog Post Ad

विभिन्न जातका काजु ६१ करोड ८४ लाख ३३ हजार रुपैयाँ र ५५ करोड ९५ लाख २१ हजार रुपैयाँ बराबरको मधेसी बदाम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

Blog Post Ad

दशैँ र तिहारलाई लक्षित गरी व्यापारीले काजु ६ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् । नेपालमा भारतबाट सबैभन्दा धेरै काजु आयात हुने गरेको छ ।

भारतबाट चालु आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार रुपैयाँमा चार लाख १७ हजार ४ सय ८४ केजी काजु आयात भएको हो । चालु आर्थिक वर्षको चार महिनामा अमेरिकाबाट ५५ करोड ७६ लाख २९ हजार रुपैयाँमा नौ लाख नौ हजार ५ सय ६० केजी बदाम आयात भएको छ ।

Blog Post Ad

Ad Area