Ad Area Ad Area
Ad Area
Ad Area

स्थायी विकासको प्रतिक्षामा गंगटे

जीतसागर जी.एम.

Blog Post Ad

दाङ, २५ पौष । सडक घर नजिकै छ । बिजुलिका तार घर नजिकैबाट विस्तार गरिएका छन् । तर ५६ वर्षिय कली सिंजाली मगरको अनुहारमा खुशीको चमक छैन् । किनकी सडक र बिजुली अझै ढुक्कले उनले प्रयोग गर्न पाउँदैनन् ।

Blog Post Ad

वस्ती बसेको करिब चार दशकपछि गंगेटे सडक संजालसंग जोडियो । गाउँमा बिजुली बत्ति एकसाता अघिमात्रै पुगेको छ, टेलिफोन पनि जसोतसो सुविधा छ तर कुनै पनि भरपर्दो नहुँदा कलीले सुखकको अनुभूति गर्न पाएकी छैनन् ।

Blog Post Ad

‘सडक र फोन हिउँदमा मात्रै प्रयोग गर्न पाइन्छ ।’ उनले भनिन्–‘वर्षामा त न गाडी चढ्न पाइन्छ, न फोन गर्न पाइन्छ ,यस्तो विकास पनि के विकास ?’ केहि दिन अघि मात्रै पुगेको विद्युत पनि वर्षामा प्रयोग गर्न पाउने शंका नै भएकाले घरमा बत्ति नजोडेको उनले बताईन् ।

‘सडक र फोन ढुक्कले प्रयोग गर्न पाएका छैनौँ ।’ उनले भनिन्–‘विद्युत पनि वर्षामा प्रयोग गर्न पाइदैन् होला, त्यसैले पनि अहिलेसम्म बत्ति जोडेको छैन् ।’ वर्षामा विद्युत ढुक्कले प्रयोग गर्ने अवस्था नहँुदासम्म घरमा बत्ति जडान नगर्ने उनको भनाई छ । ‘ढुक्क नहुँदासम्म बत्ति जोड्दैन् ।’ उनले भनिन् –‘हामीलाई त पहिला सडकको विकास स्थायी हुनुपर्छ ।’ उनले गंगटेमा बसोबास गर्न थालेको करिब ४० वर्ष भयो ।

Blog Post Ad

कलीले १६ वर्षको उमेरदेखि बसोबास गर्दै आएको बताईन् । शुरुमा बनक्षेत्र भएपनि अहिले विस्तारै वस्तीको विकास हुँदै जाँदा केहि सजिलो महशुस भएपनि गाउँमा आएको विकास स्थायी नभएको उनको गुनासो छ । ‘गाउँमा आउने सडक भरभर्दो छैन् ।’ उनले भनिन्–‘गाउँमा एकसाता अघिमात्रै आइपुगेको बिजुलीले मलाई खुशि दिन सकेको छैन् ।’

जंगबहादुर खत्री पनि वि.स. २०२६ सालदेखि गंगटेमा बसोबास गर्दै आएका छन् । खत्रीले पनि गंंगटेमा जसोतसो दुखसुख गरिरहेका छन् । गाउँमा अहिले सडक बनेपनि आफुहरुको दैनिकी परिवर्तन हुन नसकेको उनले बताए । ‘विकासको केहि अनुभूति गर्न पाएको छैन्, अझै पनि नुनदेखि सुन किन्न दुख भोग्नुपरेको छ ।’

उनले भने–‘ फरक यति हो उहिले नुन किन्न नेपालगञ्ज जानुपथ्र्यो, अहिले तुलसीपुर पुग्नुपर्छ, त्यो पनि हिउँदमा मात्रै सम्भव छ ।’ सडक भरपर्दो नहुँदा वर्षमा बढीमा ६ महिनामात्रै सडकको सुविधा प्रयोग गर्ने गरेको खत्रीले बताए ।

‘वर्षामा कोहि बिरामी परेपछि साह्रै समस्या हुन्छ ।’ उनले भने–‘सडक भरपर्दो नहुँदा कतिले त बाटोमै मृत्युवरण गर्नुपरेको छ ।’ गाउँमा सडकको विस्तारसंगै हिउँदा केहि सहज भएको तर सडकखण्डको विभिन्न ठाउँ–ठाउँमा खोला पर्ने र बाटो कच्चि हुँदा आफुहरुका बिगतका दुख अझै नगएको उनले बताए ।

दाङ सुगम जिल्लाका रुपमा चिनिएपनि केहि वस्ती भने अझै अभावै अभावमा छन् । तुलसीपुरबाट करिब ५० किलोमिटरटाढा पर्ने गंगेटका नागरिकको दैनिकी पनि कर्णालीका नागरिकको भन्दा कम छैन् । देश संघिय संरचनामा गएसंगै गंगटेमा सुस्त गतिमा संचार, सडक र विद्युतको विकास पुगको छ तर अहिलेसम्म भएका सबै विकास अस्थायी हुँदा स्थानीय नागरिकको दैनिकी बिगतभन्दा कम छैन् ।

विकास भएपनि आफुहरुका दुख अझै उस्तै रहेको स्थानीय ७० वर्षिय डिल्लीबहादुर कँवरले बताए । ‘विकास भयो भनेर के भन्नु र बावु ।’ उनले भने–‘सडक र फोन हिउँदमा मात्रै हो, बिजुली आएको छ, यो पनि उस्तै त होला, बिजुलीको तार तानिएको ठाउँ धेरै भाग बनक्षेत्र पर्ने हुँदा पनि बिजुली बत्ति ढुक्क्ले बाल्न पाउने अवस्था छैन् ।’ भौगोलिक विकटताका कारण गंगटेका नागरिकले विकास स्थायीरुपमा विकास पाउन सकेका छैन् ।

गाउँमा संचार, यातायात र विद्युतको सेवा पुगेपनि नागरिकले विकासको अनुभूति गरेका छैन् । विद्युत पुगेको छ, घरघरमा विस्तार भएको छैन् । संचार र यातायातको सुविधा हिउँदमा मात्रै हुन्छ । गंगेटको विकासलाई स्थायी दिनका लागि गाउँपालिका अर्थात स्थानीय सरकारले पहल गरिरहेको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।

‘गंगटेको स्थायी विकासका लागि हामी लागिरहेका छौँ , त्यसका लागि अहिले सडक फराकिलो बनाउने काम पनि भइरहेको छ ।’ उनले भने–‘बिजुली बत्ति पनि स्थायी बनाउनका लागि सबैको सहयोग आवश्यक छ ।’ करिब १२ सय घरधुरी रहेको गंगटेको विकासलाई स्थायी बनाएमात्रै नागरिकले विकासको महशुस गर्ने उनले बताए ।

Ad Area