Ad Area Ad Area
Ad Area
Ad Area

दाङ महिला जेसीजको पद हस्तान्तरण

दाङ, २४ पुस । दाङ महिला जेसीज वर्ष २०२२ का लागी चुनिएको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । जेसीजको एक व्यक्ति एक कार्यकाल अन्तरगत २०२२ का लागि अध्यक्षमा निर्वाचित शारदा घर्तीलाई २०२१ का अध्यक्ष ममता विष्ट डागीले पद हस्तान्तरण गर्नुभएको थियो ।

Blog Post Ad

त्यसैगरी कार्यकारीणी उपाध्यक्ष सुनिता थापा र बसन्ती सुवेदी, उपाध्यक्षमा सरस्वती चौधरी,रोजिना गिरी,मिना भन्डारी र लक्ष्मी घमाल र सचिवमा संगीता रोकाय निर्वाचित हुनुभएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले दाङ महिला जेसीजलाई महिलाहरुको नेतृत्व र क्षमता बिकाससंगै सामाजिक कार्यलाई अघि बढाउने संस्था भएको बताएका थिए ।

Blog Post Ad

दाङ महिला जेसीज वर्ष २०२१ का अध्यक्ष ममता विष्ट डागीको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य कोमल वलीको प्रमुख आतिथ्यता एवं नेपाल जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष एवं क्षेत्र घ का निरुपित कार्यकारिणी उपाध्यक्ष अनिलबहादुर शाही र संविधानसभा सदस्य राजु खानलको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जेसीजलाई युवाहरूको नेतृत्व र क्षमता बिकाससंगै सामाजिक कार्यमा समेत अघि बढाउनुपर्ने बताएका थिए ।

Blog Post Ad

त्यसैगरि महासचिवमा नारायणी भण्डारीलाई मनोनित गरिएको छ ।

कार्यक्रम संयोजक मिना भण्डारी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ महिला जेसीज वर्ष २०२१ का महासचिव सुनिता थापाले गर्नु भएको थियो ।

Blog Post Ad

Ad Area