Ad Area Ad Area
Ad Area
Ad Area

तुलसिपुरका मोवाइल तथा इलेक्ट्रोनिक व्यवसायीद्वारा रक्तदान

तुलसीपुर, २४ पुस। तुलसीपुर क्षेत्रका मोवाइल तथा इलेक्ट्रोनिक व्यवसायीहरुले रक्तदान गरेका छन् । रगतको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उदेश्यले रक्तदान गरिएको समितिका अध्यक्ष सुरज भण्डारीले जानकारी दिनुभएको छ ।

समितिमा आवद्ध २० जना व्यवसायीहरुले आज रक्तदान गरेका हुन् । कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा पुगेर उनीहरुले रक्तदान गरेको उहाँको भनाई रहेको छ।

Blog Post Ad

रत्तदान गर्नेहरुमा सुरज भण्डारी, सुशान्त सापकोटा, चेतन कंडेल, शितल बिस्वकर्मा, ज्योति प्रसाद दाहाल, खगेन्द्र गौतम, दिपक कडेल, समिर न्यौपाने, कान्तुराम खनाल, समर्पन छेत्री लगायतले रक्तदान गरेका थिए ।

Blog Post Ad

समितिले व्यवसायीको एकता संगै विभिन्न सामाजिक काम समेत गर्दै आएको छ ।

Blog Post Ad

Blog Post Ad
Ad Area