Ad Area Ad Area
Ad Area
Ad Area

लुम्बिनी प्रदेशको स्थायी राजधानी पूर्वाधार निर्माण गर्न छुट्ट्याइयो १ अर्ब

दाङ, २३ पौष । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा पूर्वाधार निर्माणका लागि संघ सरकारले १ अर्ब रुपैयाँ दिने भएको छ ।

Blog Post Ad

प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीबीच भएको भेटवार्तामा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराउने सहमति भएको मुख्यमन्त्री केसीले जानकारी दिनुभयो ।

Blog Post Ad

राप्ती उपत्यका देउखुरी दाङमा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट अभाव भएपछि संघीय सरकारसँग ३ अर्ब रुपैयाँ माग गर्ने निणर्य लुम्बिनी प्रदेश सरकारले गरेको थियो ।

Blog Post Ad

मुख्यमन्त्री केसीले प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाटका क्रममा तत्काल १ अर्ब रुपैयाँ उपलब्ध गराउने सहमति भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणको काम नीतिगत रूपमा समेत अघि बढाउन मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

Blog Post Ad

सो क्रममा संघ सरकारबाट उपलब्ध भएको बजेट मध्येबाट राजधानीको गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणका काम अघि बढाउने मुख्यमन्त्री केसीले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

Ad Area