घोराहीमा भोलिदेखी विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप

दाङ, १९ पुस। घोराही उपमहानगरपालिकाले भोलिदेखी विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । नगर भित्रका सामुुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर कोरोना बिरुद्धको खोप लगाउने भएको हो ।

कोरोना व्यवस्थापन समितिको आज नगरमा बसेको बैठकले १२ बर्ष देखी १७ बर्ष उमेर समूूहका विद्यार्थीहरुलाई भोली देखी २४ गते सम्म मोडेर्ना खोप लगाउने निर्णय गरेको हो ।

Blog Post Ad

२५ हजार ९ सय ४० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभएको छ । सम्भव भए सम्म प्रत्येक विद्यालय र नजिक भएका विद्यालयहरुलाई निश्चित विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको उहाँको भनाई छ ।

Blog Post Ad

कार्यक्रममा स्वास्थ्य शाखाका ठाकुुर खनालले नगरमा अहिले सम्म ९८ प्रतिशत नागरिकहरुले कोरोना बिरुद्धको पहिलो डोज खोप लगाएको जानकारी दिनुुभयो । एक लाख २१ हजार ७ सय ९३ जनाले पहिलो डोज र ७३ हजार ४ सय ६५ जना अर्थात ५९ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् ।

यसैबिच जिल्लाभर ८५ प्रतिशत नागरिकले पहिलो डोज र ५२ प्रतिशत नागरिकले दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।