Ad Area Ad Area
Ad Area
Ad Area

घोराहीका विद्यालय : कतै पुर्ण सफाई, कतै लापरबाही

चन्द्रप्रकाश नेपाली

Blog Post Ad

दाङ, १९ पौष । घोराही उपमहानगरपालिकाभित्रका अधिकांश विद्यालयको सरसफाईमा सुधार गर्नुपर्ने देखिएको छ । सहरी क्षेत्रका अधिकांश विद्यालय सरसफाईको विषयमा जानकार र कार्यान्वयनको पाटो प्रभावकारी देखिएपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा भने सुधार गर्नुपर्ने देखिएको छ ।

Blog Post Ad

उपमहानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा अन्तगरगत गठित विद्यालय सरसफाई अनुगमन उपसमितिद्धारा सोमबार विद्यालयहरुको अनुगमन गरिएको हो ।

Blog Post Ad

सरसफाई व्यवस्थापन शाखाका प्रमुख लक्षमण अधिकारी तथा उपसमितीका संयोजक जंग रोकाको नेतृत्वमा सदस्यहरु नैना चौधरी,कुन्तिकुमारी सिजवाल र पत्रकार चन्द्रप्रकाश नेपाली सहितको टोलीले उपमहानगरभित्रका विभिन्न विद्यालयहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपमहानगरभित्रका कुनै विद्यालय पुर्ण सफाई, कनैमा लापरबाही देखिएको छ । वडा नंम्वर २ मा रहेको जनता माध्यमिक विद्यालय नयाँगाउँ बुका, सोही वडाकै गंगा मावि रामपुर, वडा नंम्वर ४ मा रहेको मावि डाडागाउँ गोग्ली र घोराही १७ मा रहको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयको अनुगमन गरिएको हो ।

Blog Post Ad

सोही वडाकै गंगा मावि रामपुरमा भने सरसफाईलाई व्यवस्थित बनाउनका लागी राम्रो प्रयास भएको पाईएको हो । वडा नंम्वर ४ मा रहेको मावि डाडागाउँ गोग्ली र घोराही १७ मा रहको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयको अवस्था भने राम्रो पाईएको हो । ग्रामिण क्षेत्रका विद्यालयले भन्दा शहरी क्षेत्रका विद्यालयहरुले सरसफाई र स्वच्छ खानेपानीको विषयलाई गम्भिरताका साथ ध्यान दिएको पाईएको छ ।

अनुगमनका क्रममा वडा नंम्वर २ मा रहेको जनता माध्यमिक विद्यालय नयाँगाउँ बुकामा केही लापरबाही देखिएको छ । अनुगमन समितीले विद्यालयको सरसफार्ईमा विशेष ध्यान दिन अुनुरोध गरेको छ । उक्त विद्यालयमा फोहरलाई जलाएर नष्ट गरेको समेत पाईएको थियो ।

शहरी क्षेत्रमा फोहरलाई मोहर बदल्ने अभियान र नारा चलेपनि ग्रामिण क्षेत्रमा भने फोहर उठाउने गाडि समेत नजाने गरेको गुनासो विद्यालयका शिक्षकहरुले गरेका थिए । विद्यालयको शौचालय छात्र र छात्राका लागी छुट्टाईएको भएपनि विद्यार्थिहरु आफूखुशी दुवै शौचालयमा जाने गरेको पाईएको थियो ।

साथै बालमैत्री तथा अपांगता मत्रै पानी खाने धारा र शौचालय नभएको पाईएको हो भने सेनिटरी प्याडको विर्सजन गर्ने कार्य पनि खासै व्यवस्थित भने पाईएको थिएन । साथै विद्यालयको सरसफाईलाई प्रभावकारी रुपमा अगाडी बढाउने प्रधानाध्यापक संकरसिंह ठकुरीले बताउनु भयो ।

यस्तै अनुगमन समितीले विभिन्न ९ वटा सुचकहरुका आधारमा अनुगमन गरेको थियो ।

जसमा विद्यालयमा विद्यार्थि संख्या अनुसार अलग अलग सफा र सुरक्षित स्थानमा बाल, लैगिक, अपांगता र वातावरण मैत्री शौचालयको व्यवस्थापन, विद्यालयको बाहिरी वातावरणीय तथा कक्षा कोठाको नियमित सरसफाई, सुरक्षित पिउने पानीको व्यवस्थापन, विद्यालयभित्र सञ्चालनमा रहेको क्यान्टिन तथा चमेना गृहको नियमित सरसफाई, खेलकुद मैदान दैनिक सरसफाई, महिनावारी हुने बालिकाहरुका लागी स्वच्छता व्यवस्थापन, खानेपानी, सरसफाई तथा स्वच्छताको विषयलाई विद्यायल सुधार योजनामा समावेश र विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिती गठन गर्ने कार्य भए नभएका कुरालाई सुचक बनाई अनुगमन गरिएको हो ।

अनुगमन गर्ने काम मंगलबार पनी जारी रहने शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

Ad Area