Ad Area Ad Area
Ad Area
Ad Area

राप्ती साहित्य परिषद्को केन्द्रिय अध्यक्षमा उदासी

दाङ, १७ पुस । राप्ती साहित्य परिषद्को केन्द्रीय अध्यक्षमा वरिष्ठ साहित्यकार टीकाराम उदासी चयन हुनुभएको छ । परिषद्को आज सम्पन्न चौधौँ अधिवेशनबाट साहित्यकार उदासी अध्यक्षमा चयन हनुभएका हो ।

Blog Post Ad

परिषद्को वरिष्ठ उपाध्यक्षमा कमलमणी देवकोटा सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा दीपक शर्मा समीर, कविता उपाध्याय, विमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट चयन हुनुभएको छ ।

Blog Post Ad

परिषद्को महासचिवमा रमेश सुवेदी, सचिवमा आदिम केसी र कोषाध्यक्षमा खेमराज मल्ल चयन हुनुभएको हो। त्यस्तै सदस्यमा छविलाल कोपिला, गोपाल भुसाल अभिलाषी, सरीता देवकोटा, इन्द्र भण्डारी अङ्कित, सरीता चलाउने, माहनसिंह घर्ती मगर, सिर्जना शर्मा, ओम बहादुर खत्री, पूर्णबहादुर वली, ओम पन्छी, गीता निर्दोषी, नारायण रेग्मी जिज्ञासु, जमुना गौतम, शिवकुमार शाही, गोविन्द पुन गिरीष, देवेन्द्रकुमार रिजाल र नवराज शर्मा, शान्ता गिरी रहनु भएको छ ।

Blog Post Ad

निर्वाचन अध्यक्ष मण्डलमा डा। अमर गिरी, सुशील गौतम र डिबि टुहुरो रहनुभएको थियो ।।

Blog Post Ad

Ad Area