Ad Area Ad Area
Ad Area
Ad Area

तुलसीपुरमा पुष १ गतेदेखि सुरु भएको महोत्सवको समापन

घोराही, १३ पुस। तुलसीपुरमा पुष १ गतेदेखि सुरु भएको महोत्सवको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । ऐतिहासीक तुलसीपुर महोत्सवको समापन अवसरमा बोल्दै संघिय सांसद हिराचन्द्र केसीले समृद्धि र विकासका लागि एकता आवश्यक रहेको बताउनु भएको छ । सांसद केसीले आपसी मनमुटाभ र तित्कता भन्दा पनि व्यवसायीक एकताले मुलुकलाई समृद्धिको गन्तव्यमा लग्न सकिने बताउनुभयो । विभिन्न समयमा संचालन हुने मेला महोत्सवले आर्थिक कारोबार संगै यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासमा समेत ठूलो योगदान पु¥याउने उहाँले बताउनुभयो ।

Blog Post Ad

त्यसैगरी अन्य बक्ताहरुले विभिन्न जातजातिको खानाको परिकार, कृषिजन्य वस्तुको प्रर्दशनी, हस्ताकला र स्थानीय उत्पादनलाई समेत पर्वद्धनका लागि ठूलो सहयोग पुगेको बताएका थिए ।

Blog Post Ad

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाली कांग्रेसका नगर सभापति सुरेश हमाल, माओवादी केन्द्रका केएल भण्डारी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल लगाएतले बोल्नु भएको थियो । महोत्सव मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेमप्रकाश गिरी र सचिव ऋषीराज भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad

Ad Area