Ad Area Ad Area
Ad Area
Ad Area

तुलसीपुरका नगरप्रमुख पाण्डेद्धारा क्रिसमसको शुभकामना

दाङ, १० पुस । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

Blog Post Ad

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलूक भएको बताउँदै जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा बताउनुभएको छ ।

Blog Post Ad

जनताको संघर्ष र बीरतापूर्ण बलिदानीबाट समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेको बताउँदै संविधानको कार्यान्वयनसंगै राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता भएको उहाँले बताउनुभयो ।

Blog Post Ad

‘हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । यस अवसरमा सम्पूर्ण ख्रिश्चियन समुदायमा समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गर्दै क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ पाण्डेद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

Blog Post Ad

Ad Area