Ad Area Ad Area
Ad Area
Ad Area

बजेट स्वीकृत नभएपछि प्रदेशसभा भवन निर्माणको काम रोकियो

दाङ, २९ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको निर्माण रोकिएको छ । भवन निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट दिन अस्वीकार गरेपछि निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो ।

Blog Post Ad

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेका अनुसार प्रदेशसभा भवनको डिजाइन परिवर्तन गरी अर्थ मन्त्रालयसँग थप ३ करोड रुपैयाँ माग गरिएको थियो, तर अर्थले स्वीकृति दिएन ।

Blog Post Ad

त्यसैले निर्माण कम्पनी एमएस ड्रागन बस्नेत जेभीले काम रोकेको घिमिरेले बताउनु भयो । पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेशसभा भवनमा ढुंगाको छानो, सो छानो लगाउँदा आवश्यक पर्ने फलामको पातालगायतका सामग्री थप्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० दिनअघि अर्थ मन्त्रालयसँग थप बजेट माग गरेको थियो ।

Blog Post Ad

‘प्रदेश सभा भवनमा ढुंगाको छानोसहितको केही नयाँ संरचना थप गर्नुपर्ने भएपछि बजेट अभाव देखियो’ उहाँले भन्नु भयो, ‘आवश्यक बजेट मागसहित हामीले अर्थ मन्त्रालयमा भेरियसन पत्र पठाएको थियौं ।

बजेट स्वीकृत नभएपछि निर्माण कम्पनीले काम रोकेको छ ।’ उहाँका अनुसार प्रदेशसभाको आगामी वर्षको हिउँदे अधिवेशन स्थायी राजधानी दाङको नयाँ प्रदेशसभा भवनमा बस्ने तयारीका साथ प्रदेशसभा भवन निर्माण तीव्र पारिएको थियो ।

Blog Post Ad

दिन र रात गरी दुई सिफ्टमा काम भइरहेको र हालसम्म ६५ प्रतिशत काम सम्पन्न भइसकेको घिमिरेले बताउनु भएको छ ।

Ad Area