Ad Area Ad Area
Ad Area
Ad Area

तुलसीपुरमा ‘प्रथम प्रादेशिक फेस्टीबल’ हुने

तुलसीपुर, १५ मंसिर । तुलसीपुरमा ‘प्रथम प्रादेशिक फेस्टीबल’ हुने भएको छ । दाङको पयर्टकिय क्षेत्रको प्रवद्र्धनका लागि तुलसीपुर ६ बरुवागाउँमा यहि मंसिर २३ गतेदेखि २९ गतेसम्म प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल हुन लागेको हो ।

Blog Post Ad

मेला आयोजक चन्द्र सुर्य यातायात प्रालिको बुधवार पत्रकार सम्मेलन गरि तुलसीपुरमा हुन लागेकोे फेस्टीबलमा प्याराग्लाइडिङको उडान गर्ने, अल्ट्रालाइट सञ्चालन गर्ने,लुम्बिनी प्रदेशमा भएका प्राकृतिक,धार्मिक सम्पदाको अवलोकन गराउने,जुडिबुटी,बनस्पती,बहुराष्ट्रिय कम्पनीबाट उत्पादित गाडीहरुको प्रर्दशन,बेचबिखन विभिन्न जातिय खाना सहित विभिन्न सांगितिक कार्यक्रम हुन लागेको फेष्टिबलका संयोजक शम्भु रेग्मीले जानकारी दिनुभयो ।

Blog Post Ad

उहाँका प्याराग्लाइडिङ, अल्ट्रालाईट एयर फ्लाईट , हट एयर बेलुनमार्फत दाङसहित लुम्बिनी प्रदेशका पर्यटकिय क्षेत्रको अवलोकन गर्न सकिने छ । पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने उद्देश्यले संचालन हुन लागेको मेलामा लुम्बिनी प्रदेशको पहिचान झल्कने वस्तुको प्रदर्शनी तथा बिक्रि, घरेलु उद्योगबाट उत्पादित वस्तु तथा स्थानीय हस्तकला काठ, बाँस एवं माटोबाट बनेका वस्तुको प्रदर्शनी तथा बिक्रि, कृषिजन्य वस्तुको प्रदर्शनी तथा बिक्रि, जडिबुटी प्रदर्शनी, विभिन्न आधुनिक उपकरणहरुको प्रदर्शनी तथा बिक्रि, अटो मोबाइल्स प्रदर्शनी हुने आयोजक चन्द्र सुर्य यातायात प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी बताउनुभयाृे ।

Blog Post Ad

यस्तै मेलामा प्रदेश स्तरिय खुल्ला लोक दोहरी प्रतियोगिता हुनेछ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका प्रतिभाहरुको उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको हो । गतवर्ष देखिनै हुने भनिएको मेला कोरोना महामारीका कारण स्थगित भएपछि यसवर्ष पुनःलगाउने तयारी गरिएको हो ।

मेलामा प्रदेश स्तरिय साइकल प्रतियोगिता,प्रदेशस्तरिय एकल नृत्य प्रतियोगिता , लोक दोहरी प्रतियोगिता लगाएतको प्रतियोगिता हुने छन । उक्त प्रतियोगितामा बिजेता हुनेलाई विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै मेलाको तयारी सुरु गरिएको छ ।

Blog Post Ad

Ad Area