आज दाङका थप ८ जनामा कोरोना पुष्टि, १२ जना निको

घोराही, ८ असोज । दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर परिक्षण गर्दा महिला र पुरुष ४र४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा तुलसीपुरका ४ जना, घोराहीका ३ जना र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका १२ जना कोरोना मुक्त भएका छन् । जसमा तुलसीपुरका ७ जना, घोराहीका ३ जना र राप्तीका २ जना रहेका छन् ।

Blog Post Ad

आज थप ८ जना सँगै दाङमा सकृय बिरामीको संख्या ७६ रहेको छ । ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र एक जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

Blog Post Ad

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ६९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय७८ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।