Ad Area Ad Area
Ad Area
Ad Area

कहिले पाउँछन् बालबालिकाले कोरोनाविरुद्धको खोप ?

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

काठमाडौं, ८ असोज । युरोपियन युनियन (ईयू) को औषधि नियामक निकायले आगामी महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएको छ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

औषधि नियामक निकायले अक्टोबर पहिलो साता फाइजरले अक्टोबरको पहिलो साता आफ्नो तथ्यांक उपलब्ध गराइसक्ने र मोर्डेनाले नोभेम्बर पहिलो साता आफ्नो तथ्यांक उपलब्ध गराइसक्ने जनाएको छ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी दुबैले परीक्षण रिपोर्ट बुझाइसकेपछि खोप लगाउन सुरु गरिने बताइएको छ। युरोपियन मेडिसिन एजेन्सीले पनि अक्टोबरदेखि नै कोभिड बुस्टर खोप पनि सुर गरिने बताएको छ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

युरोपियन मेडिसिन एजेन्सिले कोरोनाको संक्रमण र संक्रमणपछि हुने समस्यालाई केही हदसम्म नियन्त्रण गर्नका लागि बुस्टर खोप सुरु गरिने जनाएको हो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

त्यसैगरि एन्टिभाइरल पिल्स र एन्टिभाइरल मोनोक्लोनल एन्टिबडी उपचार घरमा नै गर्न सकिने ईएमएले जनाएको छ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको डेल्टा भेरियन्टले अहिले विश्‍वभर संक्रमण फैलिइरहेको छ। डेल्टा भेरियन्ट नियन्त्रणका लागि बुस्टर खोप आवश्यक भएको विज्ञहरुले बताइरहेका छन्।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

बालबालिकाले खोप नपाएका कारण बढी जोखिम भएको भन्दै चेतावनी जारी भइरहेकको समयमा अब चाँडै बालबालिकाका लागि पनि खोप उत्पादन हुने विश्‍वभर लगाउनका लागि वितरण गरिने जनाइएको छ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area