Ad Area Ad Area
Ad Area
Ad Area

राजनीतिमा सक्रिय शिक्षकलाई कारबाही गर्ने सरकारको चेतावनी

घोराही, ८ असोज । सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

समन्वय इकाइले शिक्षकले राजनीतिकमा भाग लिन नपाउने कानुनी व्यवस्था हुँदा हुँदै विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय राजनीतिमा सहभागी भएकाले पठनपाठन प्रभावित हुँदै गएको जनाएको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ उपदफा ५ को ‘छ’ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई नोकरीबाट हटाइनेछ प्रावधान छ । यस्तै शिक्षा नियमावलीमा पनि ऐनमा व्यवस्था भएबमोजिम कारबाही हुने प्रावधान छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area