आज दाङका थप २ जनामा कोरोना पुष्टि, ९ जना निको

घोराही, ७ असोज । आज दाङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा १ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराही र तुलसीपुरका एकरएक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ९ जना कोरोना मुक्त भएका छन् ।

Blog Post Ad

कोरोनामुक्त हुनेमा घोराहीका ८ जना र लमहीका १ जना रहेको केन्द्रले जनाएको छ । आज थपिएका २ जना सँगै दाङमा सकृय बिरामीको संख्या ८० रहेको छ । ति मध्य घरमा ७० जना, ६ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

Blog Post Ad

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार एक सय जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ६६ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।