Ad Area Ad Area
Ad Area
Ad Area

पन्जाबमाथि राजस्थानको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि रोमाञ्चक जित निकालेको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

मंगलबार दुबईमा भएको खेलमा राजस्थानले पञ्जाबलाई २ रनले पराजित गरेको हो । जितको लागि १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । पन्जाबलाई जितको लागि अन्तिम ६ बलमा मात्र ४ रन आवश्यक थियो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

युवा तीव्र गतिका बलर कात्तिक त्यागीले एक रन खर्चेर २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि राजस्थानले नाटकीय जित हात पारेको हो ।पन्जाबका ओपनर मयंक अग्रवालले ४३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान लोकेश राहुलले ३३ बलमा ४ चौका र २ छक्का सहित ४९ रन जोडे ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

यस्तै डेब्यू खेल खेलेका एडेन माक्ररम २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । निकोलस पुरनले २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाई पेभिलियन फर्किए ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ८५ रनमा अल आउट भएको थियो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

राजस्थानका युवा ओपनर यशस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । युवा ब्याट्सम्यान महिपाल लोमरले १७ बलमा २ चौका र ४ छक्का सहित ४३ रन बनाए ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

आज साँझ ७ः४५ बजे दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area