Ad Area Ad Area
Ad Area
Ad Area

नेपाल समूह चरणबाट बाहिरियो

बलियो टोली हङकङसँग बराबरी खेलेपछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । 

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

उज्वेकिस्तान भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन । नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो । सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो भने १९८९ मा भएको दोस्रो भेटमा ३–० ले पराजित भएको थियो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

छनोटको पहिलो खेलमा नेपालले सुरुआती अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । उक्त खेलमा नेपालविरुद्ध फिलिपिन्सले बराबरी र इन्जुरी समयमा दोस्रो गोल गर्दै रोमाञ्चक जित निकालेको थियो । नेपालसँग बराबरीमा रोकियो छनोट हुने सम्भावना भने अझै कायमै छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । 

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

उक्त खेलमा हङकङले सुखद नतिजा निकाले हङकङको अघिल्लो चरणको यात्रा तय हुनेछ भने पराजित भएको खण्डमा फिलिपिन्स अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागि हुने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area