Ad Area Ad Area
Ad Area
Ad Area

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

फाइल तस्बिर
काठमाण्डौ ५ असोज । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको श्रृङ्खलाका चार खेलमध्ये नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

नेपालले चौथो खेलमा ओमानलाई सात विकेटले र पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

नेपाल लिग–२ को चौथो स्थानमा छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेलेको थियो । नेपालले श्रृङ्खला २–० ले जितेको थियो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

नेपाली टोलीसँगै गएका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका कारण फर्किएनन् ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area