बहुविवाह गर्ने वडाध्यक्ष सहित ७ जनालाई माफी

घोराही, ३ असोज । संविधान दिवसको अवसरमा सल्यानमा बहुविवाह गर्ने वडाध्यक्ष, उनकी कान्छी श्रीमती सहित ७ जनालाई माफी दिइएको छ । गतवर्ष बहुविवाह गरी जिल्ला अदालत सल्यानबाट एक वर्ष कैद फैसला सुनाइएका बनगाड कुपिण्डे नगरपालिका(९ का वडाध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाइ र उनकी कान्छी श्रीमतीलाइ संविधान दिवसको अवसर पारि आज माफी दिइएको हो ।

उनिहरुले ५० प्रतिशत भन्दा कैद सजाय भुक्तानी गरिसकेको र असल चालचलन भएकोले माफी दिइएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

Blog Post Ad

यस्तै संविधान दिवसको अवसरमा उनिहरु सहित ७ जनालाइ जिल्ला कारागार सल्यानबाट सफाइ दिइएको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेका छन् ।

Blog Post Ad

माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्दाका १ रहेको जेलर बल बहादुर केसीले बताउनुभयो ।