रजनीकान्तको पोस्टरमा रगतको ‘अभिषेक’

मुम्बई(आजतक)– दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले दशकौंदेखि फ्यानमाझ आफ्नो वर्चस्व कायम गरेका छन् । रजनीकान्तलाई मनपराउने उनका फ्यानहरुले उनको तस्वीरमा भगवानको रुपमा पूजा गर्छन् ।

हालैमात्र अभिनेताको नयाँ फिल्म ‘अन्नाथाइ’बाट अभिनेताको पहिलो लुक्स सार्वजनिक गरियो । पोस्टर सार्वजनिक हुनासाथ उनका फ्यानले केही यस्ता काम गरे, जुन कल्पनाभन्दा बाहिरको कुरा थियो ।

Blog Post Ad

आफूलाई रजनीकान्तको फ्यान बताउने एक समूहले फिल्मको पोस्टर सार्वजनिक हुनासाथ बाख्राको बलि दिएका छन् । बलि दिनासाथ त्यसको रगतले रजनीकान्तको पोस्टरमा ‘अभिषेक’ गरेका छन् ।

Blog Post Ad

यसको भिडियो ट्वीटरमा भाइरल भएको छ । कतिपयले अभिनेतालाई भगवानको रुप मान्नु ठिक भए पनि उनको नाममा जीवहत्या गर्नु दुःखद रहेको प्रतिक्रिया दिएका छन् ।

रजनीकान्तको फ्यान क्लब अल इण्डिया रजनीकान्त रासिकर मान्दरमका प्रशासक वीएम सुधाकरले घटनाको निन्दा गरेका छन् । यो विषयमा रजनीकान्तले कुनै प्रतिक्रिया दिएका छैनन् ।