Ad Area Ad Area
Ad Area Ad Area

लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु हमाल भट्टराई

लुम्बिनी विद्युत उद्योगले आफ्नो उत्पादनहरूको प्रवर्द्धन एवम् विस्तारका लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रूपमा नियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा महानायक एवम् मधुको उपस्थिति हुने छ ।

लुम्बिनी विद्युत उद्योग नेपालको पहिलो आल्मुनियम स्टिल  रिइनफोर्स्ड  कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरू बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । 

Blog Post Ad

विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको कम्पनीले हालै  जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरूबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवम् ठूलो कम्पनी बन्न सफल भएको जनाएको छ ।

Blog Post Ad