Ad Area Ad Area
Ad Area
Ad Area

नेतालाई गिज्याउदै दाङका खोलाहरु

दाङ, १७ भदौ । ‘दाङ’ यो शब्द सुन्दा सम्भवत दाङ भन्दा बाहिरी जिल्लाका नागरिकको मनमा यो जिल्ला सुशोभित जिल्लाको रुपमा परिचित हुन्छ होला । नहोस पनि किन । दाङ जिल्लाको आफ्नै छुट्टै पहिचान छ । एसियामै ठूलो उपत्यका दाङमा पर्छ।

Blog Post Ad

बसोबासका दृष्टिले उपयुक्त त छ नै खेतिपातिदेखि पर्यटकीय क्षेत्रको राम्रो सम्भावना छ दाङमा । यसरी दाङ जिल्लाको सम्भावनाको कुरा भन्दै जाने हो भने अन्य हजारौँ राम्रा पक्ष छन् । लुम्बिनी प्रदेशको राजधानी पनि दाङ जिल्लामा नै पर्छ ।

Blog Post Ad

तर केही यस्ता पक्ष छन् जसले दाङ जिल्लाबाट जनताका लागि काम गर्ने भन्ने राजनीतिक दलका नेताहरुलाई गिज्याई रहेको छ । जसमध्ये एउटा पक्ष हो लमही तुलसीपुर सडक र सडक खण्डमा पर्ने पुलहरु ।

Blog Post Ad

भत्किएका, विग्रिएका सडक, पानी मुनिका पुल, निर्माण सम्पन्न हुँदा हुँदै विग्रन थालेका पुल जसले दैनिक यस सडकमा कुद्ने नेताहरुलाई गिज्याई रहेका छन् । न समयमा सडक, पुल बन्छन् न त राजनीतिक दलका नेता यस विषयमा कुरा उठाउन छन् । सबै मौन छन् । जसले गर्दा नागरिकले दैनिक सास्ती खेप्नु परेको छ । मृत्युवरण गर्नु परेको छ ।

बुधबार रातीमात्र लमही घोराही सडक खण्डमा पर्ने घोराही उपमहानगरपालिका भित्र पर्ने सिस्ने खोलाले कार बगाउँदा कारमा सवार घोराहीका ४ जना महिलाले मृत्युवरण गर्नु पर्यो ।

Blog Post Ad

पुल निर्माणमा चरम ढिलाई र लापर्वाहीका कारण अकालमै ती महिलाहरुले ज्यान गुमाउनु प¥यो । करिब करिब पुल निर्माणको काम सकिन लागेको छ तर पछिल्लो समय काम नै नहुदा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यताले दुर्घटना भएको हो । बुधवार राती नेपालगञ्जबाट घोराही आउदै गरेको प्रदेश ०३– ०१–०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।

पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका साईट प्रतिनिधी यज्ञ खत्रीलाई पटक पटक लिखित र मौखिक निर्देशन दिदासमेत काम नहुँदा मानबीय क्षति हुन पुगेको स्थानीय प्रशासनल जनाएको छ ।

गएको असार २८ गते पुल निर्माण स्थलमै खत्रीलाई उपस्थित गराई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक महिनाभित्र पुलमा गाडी सञ्चालन गर्न सकिने प्रतिबद्धता जनाएको बताउनु भएको थियो ।

त्यसपछि साउन २५ मा पनि जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र काट्दै निज खत्रीलाई तत्काल पक्राउ गरेर दाङ प्रशासनमा उपस्थित गराउन प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निर्देशन दिनुभएको थियो । यो बिचमा निर्माण कम्पनीले कुनै पनि काम नगर्दा बुधवार रातीको घटना भएको हो ।

पुलको दुबै तर्फको सडक जोड्ने भागमा मात्रै काम गर्नुपर्नेछ । तर निर्माण व्यवसायीले काम नगर्दा गाडीहरु खोलाबाट पार गराउनु पर्ने बाध्यता रहेको छ । निर्माण व्यवसायीका कुनै पनि प्रतिनिधी अहिले सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । बुधवार राती पौने १० बजे उक्त कारलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो ।

चालक घाइते छन् । यस खोलामा पुल बनाउन पटक पटक म्याद थपिएको छ । तर अझै पनि पुल निर्माण भएको छैन । पुल बनाउने ठेकदारको लापर्वाहीले गर्दा यो पुल निर्माण नभएको बताइन्छ । तर ठेकदारलाई कार्वाही गरेको खै? यस्तै लमही तुलसीपुर सडक खण्डमा आधा दर्जन बढी खोलाहरु पर्छन । जसमध्ये वर्षायाममा नागकिरले दैनिक सास्ती खेप्नु परेको घोराही तुलसीपुरमा पर्ने पत्रे खोला पुल पनि छ । यो पुलको अवस्था पनि उस्तै हो ।

यस सडक खण्डमा बनेका ग्वार खोलाको पुलबाहेक अन्य बबई, कटुवा, गुर्जे, सग्राम खोलाको पुलको अवस्था दयनीय छ । यि पुल निर्माण सम्पन्न भएको मिति देखिनै विग्रन थालेको थियो । गुणस्तरहीन काम हुँदा यि पुलमा खल्डाखुल्डी पर्न थालेको छ । त्यस्तै सडकमा खाल्डा होइन पोखरी छन् । जहाँ जुन समयमा पनि नागरिकले मृत्युवरण गर्न पुग्ने जोखिम छ । तर जिल्लाका सम्बन्धीत निकाय केही सामान्य औपचारिकता पुर्याउने काम बाहेक न ठेकदारलाई कार्वाही गर्न सक्छ ।

न काम अर्को प्रकृया अपनाउन । दाङमा दुई वटा उपमहानगरपालिका छन् । यि उपमहानगरपालिका भित्र सबैभन्दा बढी जोखिम नागरिकले खेप्नु परेको छ । दाङबाट राजनीति गर्ने राजनीतिज्ञ पनि संघ देखि प्रदेशसम्म पहुँच मै छन् (सभामुखदेखि मुख्यमन्त्रीसम्म) । तर यि राजनीतिज्ञलाई सडक र पुलले गिज्याई रहेको छ ।

आफ्नो नेताहरुलाई केही भएमा सडकमा आन्दोलन गर्ने राजनीतिक पार्टीहरु सडक र पुलको यो दुरदशप्रति किन चु नगरेका होलान? सडक पुल निर्माण गर्नु पर्यो भन्दै माग गर्नु पर्दैन? केन्द्रमा राजनीति गर्नेहरुलाई झकझकाउनु पर्दैन? खै ज्ञापन पत्र बुझाएको ? प्रश्न छ । राजनीतिक कसका लागि आफ्ना लागि कि जनताका लागि? जनताका लागि हो भने त खै जनताले सुविधा पाएको? जनता सुविधानको खोजिमा छन् । हुन लागेको काम समयमै सम्पन्न भएको देख्ने अपेक्षा गरिरहेका छन् ।

यसप्रति राजनीतिक नेतृत्वले अलि बढी चासो राख्नु पर्ने देखिन्छ । लमही तुलसीपुरमा निर्माण हुन नसकेको पुल छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न दबाब दिन आवश्यक छ । ठेकदारको पनि आफ्नै समस्या छन् होला तर समाधान नहुने समस्या हुदैन । काम गर्ने जिम्मेवारी पाएपछि समयमै काम सक्ने गरी काम गर्नु पर्ने ठेकदार कम्पनीको पनि ठूलो दायित्व छ ।

Ad Area