Ad Area Ad Area
Ad Area
Ad Area

महिला जनप्रतिनिधि : जो विहान गिट्टी कुट्छिन, दिनभर जनताको सेवामा खटिन्छिन

चन्द्रप्रकाश नेपाली

Blog Post Ad

दाङ, ८ भदौ । हामीले धेरै जनप्रतिनिधीहरुलाई देखेका छौँ । चुनाव जित्नुभन्दा पहिले र जितिसकेपछिको दैनिकी धेरै फरक देखिन्छ । तर घोराही उपमहानगरपालिका वडा नंम्वर १४ की जनप्रतिनिधी फुलमती नेपालीको दैनिकी भने उस्तै देखिन्छ ।

Blog Post Ad

Blog Post Ad

२०७४ सालमा भएको स्थानिय तहको चुनावबाट दलित महिला वडा सदस्यमा निवार्चित हुनुभएकी फुलमती नेपाली अहिले पनि गिट्टि कुट्दै र जनताको सेवा गर्दै आफ्नो दैनिकी बिताउनु हुन्छ ।

उहाँ १० बजे वडा कार्यालय जानुहुन्छ र जनताको सेवामा लाग्नुहुन्छ । त्यसबाहेक बचेको समयमा उहाँले विहानको समयमा गिट्टि कुट्नुहुन्छ भने कहिलेकाही उहाँ सडक पेटीमा तरकारी तथा फलफुल बेच्न पनि आईपुग्नुहुन्छ । हातमा हतौडा र छेक्कन, ढुंगा र गिट्टि माथि बसेर गट्टि कुट्दै गरेको अवस्थामा घोराही उपमहानगरपालिका वडा नंम्वर १४ की वडा सदस्य फुलमती नेपाली भेटिनुहुन्छ ।

Blog Post Ad

घोराही-१३ को सेवारखोलामा उहाँले गिट्टि कुट्नुहुन्छ भने सिजनको समयमा फलफुल तथा तरकारी बेच्नका लागी घोराही बजारका विभिन्न चोकमा पनि उहाँ भेटिनु हुन्छ । उहाँ भन्नुहुन्छ, –‘मेरो खेतबारी अरु केही पनि छैन् । पहिलेदेखी नै गिट्टि कुटेर घरको दैनिकी चलाउदै आएको छु । वडामा जनताको सेवा गरेर बचेको समयमा मैले गिट्टि कुटेर केही पैसा कमाउने गर्ने गरेको छु ।

अहिले हामीले कुटेको गिट्टिी नबिकेर पनि चिन्ता भएको छ । यहाँ गिट्टि किन्नका लागी गाडीहरु पनि आउन नदिएकाले गिट्टि नबिक्दा समस्या छ । एक बेल्चाको ५ रुपैयाँ मूल्य छ, त्यही पनि बेच्न पाईयोभने कमाई हुन्थ्यो,’ –‘उहाँले भन्नु भयो । उहाँले जनताको सेवासँगै दैनिकी चलाउनका लागी गिट्टि कुट्ने र सडक पेटीमा फलफुल तथा तरकारी बेच्ने गरेको बताउनुहुन्छ ।

२०२२ सालमा जन्मिनु भएकी नेपाली मजदुरी गर्दै गर्दा नेकपा माओवादी पार्टिमा जोडिनु भएको हो । पार्टिले वडा सदस्यका लागी चुनावमा उठाएपछि खुशी हुनुभएकी नेपाली चुनाव जितेर निर्वाचित भैसकेपछि विगत ४ वर्षदेखी जनताको सेवा गर्दै आईरहनु भएको छ । ४ वर्षको समयमा जनताको गुनासो सुन्नेदेखी लिएर ति गुनासोलाई समाधान गर्नका लागी आफुले काम गर्न प्रयास गरेको र त्यसको सही मूल्याङ्कन जनताले गर्ने उहाँ बताउनु हुन्छ ।

वडा सदस्य नेपाली भन्नुहुन्छ,– ‘हिजोको दिनमा गिट्टि कुट्ने मजदुरहरुका लागी सचिव भएर काम गर्दै आएकाले पनि मलाई जनप्रतिनिधी भएर काम गर्न केही सहज भएको छ । गिट्टि कुट्दै मजदुरहरुको नेतृत्व गर्ने अवसर पाए त्यसैले पनि अहिले जनप्रतिनिधी भएपछि पनि मैले जनताको सेवासँगै आफ्नो मजदुरीलाई पनि निरन्तरता दिएकी छु । पहिले मैले महिनामा ४ गाडीसम्म गिट्टि कुट्थीए अहिले महिनामा २ गाडीसम्म कुट्छु ।

जसले मलाई घरखर्च चलाउन पनि केही सहज भएको छ’ –‘उहाँले भन्नुभयो । उहाँले वडा सदस्यको रुपमा काम गर्दै गर्दा वडाका सबै सहकर्मी जनप्रतिनिधीबाट राम्रो सहयोग पाएको पनि उहाँले सुनाउनु भयो । वडा अध्यक्ष शक्तिराम डाँगीदेखी लिएर जनतासम्म सबैको राम्रो साथ पाएको उहाँले बताउनु भयो । अहिले सडक पेटीमा व्यवसाय गर्नेहरुलाई घोराही उपमहानगरपालिकाको नगरप्रहरीले बेला बेलामा उठाउदै आएको छ ।

तर उपमहानगरकै जनप्रतिनिधीको सडक पेटीमा व्यवसाय गर्नुपर्ने बाध्यता छ । यसलाई व्यवस्थित बनाउन अहिले उपमहानगरले सडक पेटीका व्यवपारीलाई तरकारी बजारभित्र व्यवस्थित गर्न थालेको उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले जनप्रतिनिधी भएको सुरुका दिनहरुमा दलित तथा महिला भएको हुदा जनताको विस्वास केही कम देखीए पनि विस्तारै आफूलाई जनताले विस्वास गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘अझै पनि कही कतै दलित भएकै कारण भेदभाव हुने गरेको छ । त्यस्ता नकारात्मक तत्वहरुलाई सबैले मनबाट हटाउनुपर्छ भन्ने मेरो आग्रह छ ।

म दलितहरुको प्रतिनिधित्व गर्दै दलित महिला वडा सदस्यको रुपमा निर्वाचित भएपछि मैले सधै दलित, मजदुर र जनताको हितका लागी काम गर्दै आएको छु । मेरो कामलाई सधै जनतामुखी बनाउने मेरो योजना छ ।

हामी निर्वाचित भएको ४ वर्ष विति सक्यो । फेरी पनि म जनप्रतिनिधीको चुनावमा लडे भने मेरो कामलाई हेरेर जनताले जिताउनु हुन्छ भन्ने आशा पनि छ’ ,उहाँले भन्नुभयो ।

Ad Area