Ad Area Ad Area
Ad Area
Ad Area

खानेपानीको हाहकार, स्थानियबासीको गुनासो : हाम्रो पिडा सुनिदिने कोही भएनन

दाङ, १० साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८  पालीमा खानेपानीको हाहकार भएको छ ।

Blog Post Ad

साबिक वार्ड नं ६ पालीमा वर्षौदेखि खानेपानीको हाहकार हुँदै आएको हो । अड्गुरीमा रहेको पानीको मुहानबाट नियमित नहुँदा यहाँका ३०० बढी घर- परिवारलाई खानेपानीको ठुलो समस्या परेको छ । 
पानीको मुहानदेखि बेला-बेलामा पाइप पहिरोले बगाउने, कहिले पाइप काट्दिदा पालीबासी हैरान भएका छन् । महिनामा १५ दिन पनि धारोमा पानी आउँदैन त्यो पनि १ गाग्री पानी थाप्न घण्टौ बस्नुपर्छ । भने खानेपानी ल्याउन १ घण्टा बढी समय लगएर पधेरो धाउन पर्छ ।  

Blog Post Ad

पालीका केही गाउँमा लिप्टिङबाट पानी ल्याउने याेजना भएता पनि सक्रिय रुपमा जनप्रतिनिधिले चासाे देखाएका छैनन् । पालीका ठाउँ-ठाउँमा पशुले पिउने पानी, नुहाउने लुगा धुने अनी मानिसले खानेपानी एउटै पधेरो – पाेखरीमा हुँदै आएको छ । उता रोग फैलने खतरा बढेको छ ।

Blog Post Ad

स्थानियबासीले भन्छन्; लामो समयदेखि खानेपानीको लागि निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु सबै बाम्बार अनुरोध गर्दा पनि चासो नदिएको स्थानियबासीको गुनासो छ । चुनावका बेला भोट् माग्न आउँदै हुन्छ, पानी आउन्छ भन्छन्, तर चुनाव जितेपछि फर्केर आउँदैनन् ।

स्थानियबासीले भन्छन्; सडक होइेन खानेपानीको व्यवस्था होस्, हाम्रो वर्षौदेखिको खानेपानी समस्यालाई सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

Blog Post Ad

Ad Area