Ad Area Ad Area
Ad Area
Ad Area

अर्घाखाँचीमा थप साउन २० गतेसम्म निषेधाज्ञा

दाङ, १० साउन । अर्घाखाँची जिल्लामा दशौ पटक पुन: साउन २० गतेसम्म निषेधाज्ञा थपिएको छ।

Blog Post Ad

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा आजदेखि दशौ साउन २० गते बुधवार राती १२ बजेसम्म एक हप्ता  निषेधाज्ञा थपिएको हो   । यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात खुलेका छन् ।

Blog Post Ad

साथै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी) बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने बताइएको छ ।  

Blog Post Ad

साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ५ बजेदेखि दिउँसो साँझ ५ बजेसम्म खोल्न दिईने भएको छ । यस्तै विधालय, स्कुलका परिक्षा संचालन गर्न सकिने छ ।  

कोबिड- १९संकट ब्याबस्थापन केन्द्र डिसिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठक अनुसार खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल व्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य – किराना पसलहरू, कृषि भेटेनरी पसलहरू,  निर्माण सामग्रीका पसलहरू, वर्कसप मात्र जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न  दिईने भएको छ ।

Blog Post Ad

साथै अतिरिक्त तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ लगायतका खाद्य वस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा नपर्ने जनाइएको छ ।

यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ । जिल्लामा कोरोना संक्रमितको संख्या पछिल्लो पटक फेरी बढेको छ । 

गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो । 

Ad Area