आइपीएल : मुम्बइ इन्डियन्सको दोस्रो जित

 

आइपीएलको साविक विजेता मुम्बइ इन्डियन्सले दोस्रो जित निकालेको छ ।

Blog Post Ad

शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।

Blog Post Ad

मुम्बइले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रनमा समेटिदा मुम्बइ १३ रनले विजयी भयो ।

हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे ।

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

मुम्बइका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए ।

हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए । जितसँगै मुम्बइ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइले ३ खेलमा ४ अंक जोडेको छ ।

लगातार तेस्रो हार बेहोरेको हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा छ ।