युवा व्यवसायी श्रेष्ठ एशिया अवार्डद्धारा सम्मानित

दाङ,  ३१ चैत। युवा व्यवसायी निरन्जन श्रेष्ठ एशिया अवार्डद्धारा सम्मानित हुनुभएको छ । एशिया अवार्ड अर्गनाईजेशनले दाङ घोराहीका श्रेष्ठलाई एशिया अवार्डद्धारा सम्मानित गरिएको छ ।

अहिले प्रत्येक महिना २० देखी २५ हजार पिस सम्म बिक्री हुदै आएको ओपल मोवाईलका उत्पादक तथा विक्रेता समेत रहेका श्रेष्ठलाई नेपालभरकै उत्कृष्ठ व्यवसायीको रुपमा सम्मान गर्न लागीएको हो ।

दाङमा नोकिया मोबाईलको आधाकारिक बिक्रेता बिबेक ईन्टरप्राईजेज, सम्पुणर् मोबाईलहरुको खुद्रा विक्रेता मोबाईल बजार र यनी कन्सल्ट समेत सञ्चालन गर्नुभएको थियो ।

अर्गनाईजेशनले प्रत्येक दुई वर्षमा एशियाका हरेक देशका एक जना सफल व्यवसायीलाई सम्मान गर्ने कार्यक्रम अनुसार यस वर्ष नेपालबाट आफुलाई गर्न लागिएको निरन्जन श्रेष्ठले बताउनु भयो ।