घोराही-तापा सडक खण्डमा थप एक महिना सिमेन्ट उद्योगका टिप्पर बन्द

दाङ,  ३१ चैत। मदन भण्डारी लोकमार्ग अन्तरगत घोराही तापा सडक खण्डमा थप एक महिना सम्म टिप्परहरु नचल्ने भएका छन् । सडक कालोपत्रे गर्नका लागि चैत्र १ गते देखी आज सम्म टिप्परहरु बन्द गर्ने सहमती अनुसार काम नसकिएकाले थप एक महिना टिप्परहरु बन्द गर्ने निणर्य भएको हो ।

Blog Post Ad

जिल्ला प्रशासन कार्यालयमा आज सडक कार्यालय, निर्माण व्यवसायी, टिप्पर व्यवसायी, सिमेन्ट उद्योगका प्रतिनिधी सहित विभिन्न सरोकारवालाहरु बिच भएको बैठकले आगामी जेठ १ गते सम्म टिप्पर सञ्चालन नगर्ने निणर्य भएको हो ।

Blog Post Ad

सडक कालोपत्रे गर्ने जिम्मा लिएको जलजला निर्माण सेवाले जेठ १ गते सम्म सडक तयार पार्ने, स्रोत साधन थप गर्ने र सिमेन्ट उद्योगले तापा चोक देखी खानी सम्मको सडक निर्माणलाई तदारुकताका साथ अघि बढाउने सहमती भएको छ ।

घोराही देखी करिब २४ किलो मिटर सडक खण्ड कालोपत्रे गर्न थालेका कारण एक महिना देखी सिमेन्ट उद्योगका टिप्परहरु अहिले बन्द छन् । निर्माण व्यवसायीले कालोपत्रेका लागि नाला निर्माणको काम सकेर रोलिङको काम गरिरहेको छ ।