Ad Area Ad Area
Ad Area
Ad Area

सांगितिक यात्रामा केशव

Blog Post Ad

हुने विरुवाको चिल्लो पात भने जस्तै सानैदेखी गित गाउन थाल्नुभएका केशवसिंह ठकुरीले एउटा गायक बन्ने सपना बोक्नु भएको छ । घोराहीको द किंग लंगमा अहिले लाईभ म्युजिसिएनको रुपमा काम गर्दै आउनु भएका केशवसिंह ठकुरीसँग हामीले आज हामीले कुराकानी गरेका छौँ ……

Blog Post Ad

केशवसिंह ठकुरी
संगीतकार तथा गायकार
प्र्रस्तुति : चन्द्रप्रकाश नेपाली

Blog Post Ad

स्वागत छ यहाँलाई
धन्यवाद ।

तपाईले गित गाउन कहिलेदेखी सुरु गर्नु भयो ?
मैले आफू ७ वर्षको हुदादेखी गित गाउन सुरु गरेको थिए । सुरुमा मैले आधुनिक गितहरु मात्रै गाउने गर्दथे । तर पछिल्लो समय विस्तारै आधुनिकसँगै मैले पप गितहरु गाउन थाले । अहिले त पपसंगै रफ, म्यालोडे, हिन्दी लगाएतका गितहरु गाउँदै आएको छु ।

Blog Post Ad

तपाईको सांगितिक क्षेत्रको अनुभव कस्तो छ ?
सांगितिक क्षेत्रमा पनि धेरै कुरा भोग्नु पर्ने रैछ । अवसर र चुनौति दुबै हुदो रैछ । रेकर्डिङ र लाइभ म्युजिकमा गाउनेको भोगाई फरक हुदो रैछ । हामी लाईभ म्युजिक गर्नेहरुलाई त्यत्ति सहज छैन् । नेपालकै अन्य जिल्लाको तुलनामा लाईभ म्युसिएनहरु, आर्टिसहरुको महत्वलाई दाङमा अझै राम्रोसँग बुझ्न सकिएको छैन् ।

त्यसैले आर्थिक रुपमा पनि हामीले एक खालको समस्या झेल्नु पर्ने अवस्था छ । हिजोको तुलनामा लाईभ म्युजिकप्रतिको आक्रषण बढ्दै गएको छ । यसले गर्दा भोलीको दिनमा आर्थिक रुपमा यसले राम्रै सहयोग गर्ने अपेक्षा छ ।

गित रेकर्डिङको तयारी के छ ?
एउटा गायक बनेर आफूलाई चिनाउने सपना मेरो छ । मैले कुनै रेकर्डिङ स्टुडियोमा गाएर गित रेकर्ड गर्नुपर्छ भनेर धेरै लामो समय देखी सोच्दै आएको छु । मेरो गित पनि मान्छेहरुले सुनोस् । रेडियोबाट बजोस् भन्ने चाहना छ । मैले आफ्नोतर्फबाट तयारी थालिरहेको छु । अव छिट्टै गित बजारमा ल्याउने सोचमा छु ।

कस्तो खालको तयारीमा हुनुहुन्छ ?
अहिले म गितको लागी शब्दको खोजीमा छु । सबैले रुचाउने राम्रो खालको शब्द जुन शब्द सुन्दा प्रत्येकले आनन्दको महशुस गर्न सकुन् । त्यस्तो खालको शब्दको खोजीमा छु ।

एउटा राम्रो गायक हुनको लागी के कस्ता गुण आवश्यक देख्नु हुन्छ ?
मैले देखेको जुन सुकै क्षेत्रमा सफलता प्राप्त गर्न अनुशासन नै आवश्यक छ । अनुशासन भएमा मात्रै सबै क्षेत्रमा सफल बन्न सकिन्छ । त्यस्तै सांगितिक क्षेत्रमा पनि अनुशासन र संयम्ताको निकै ठुलो महत्व रहेको छ ।

अर्काे महत्वपुर्ण कुरा गित गाउदा एक्सट्रा टेक्निकहरु लगाउन सक्नुपर्छ । आफ्नो आवाज कस्तो छ, त्यसलाई महशुस गरेर सुधार्दै लैजानु पर्छ । खानपिनका कुराहरुमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

संगित सम्वन्धि ज्ञानका कक्षाहरु लिनु भयो कि नाई ?
मैले धेरै पहिले केही समय सम्म सांगितिक ज्ञानका लागी कक्षा पनि लिए । त्यतिबेला मलाई गित गाउन आए पनि गितार बजाउन चाहि आउदैन थियो । मैले आज भन्दा ७,८ वर्ष अगाडी गितार पनि बजाउन सिके ।

साथै गितार र संगित सम्वन्धि ज्ञान लिनका लागी धेरै कितावहरु पढे । अनलाईनबाट पनि धेरै कुराहरु सिक्ने अवसर पाए । काठमान्डु, पोखरालागएत ठाउँका साथिहरुसँग पनि धेरै ज्ञान लिन पाए । क्लासिक गितहरुमा मेरो आवाज अलि बढि दौडिन खोज्छ ।

लाईभ म्यूजिसिएन भएर काम गरिरहदा खेरी तपाईलाई अरुले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
मान्छेको बुझ्ने तरिका फरक हुन्छ । मैले अघि पनि भने अन्य ठाउँको तुलनामा दाङमा अझै लाईभ म्यूजिसिएनलाई हेर्ने दृष्टिकोण पुर्णरुपमा सकारात्मक हुन सकेको छैन् । कुनै मेला महोत्सवमा वा लाईभ म्युजिकमा हामीले गित गाएर स्टेजबाट तल झर्दा कुनै ठाउँ राम्रो सम्मानजनक र उत्साहजनक कुराहरु सुन्न पाईन्छ ।

कतिपयको मनमा चाही उसलाई दबाउन पाए हुन्थ्यो है भन्ने खालका सोचाई पनि हुन्छन् । थोरै मात्रमा मध्यम प्रतिक्रिया पनि सुन्न पाईन्छ ।

तपाईको अवको आफ्नो योजना र सोचाई के छ ?
अहिले जुन लाईभ म्युजिक गरिरहेको छु । यसलाई पनि नछोड्ने र यसको साथसाथै अन्य प्रोग्रामहरु पनि गर्दै जाने मेरो सोचाई छ ।

तपाईको विचारमा संगित भनेको के हो ?
गित संगित भनेको मनलाई बुझ्ने एउटा भाव हो । दुःख अनि सुखको साथि भनेको नै गित संगित हो ।

प्रेमलाई चाहि कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो विचारमा प्रेम भनेको हामीले जुन शब्दमार्फत् व्यक्त गर्छौ । जुन प्रेम, एउटा प्रेमीले एउटा प्रेमीकालाई गर्न सक्छ । आमाले छोरालाई, दाजुभाईले दिदि बहिनीलाई, हरेकसँग प्रेम हुन्छ ।

अन्त्यमा मैले नसोधेको र तपाईलाई भन्न मन लागेको केही छ भने ?
सांगितिक यात्रामा निरन्तर लागीरहेको छु । सधै सबैको साथ सहयोगको अपेक्षा गर्दछु र भोलीको दिनमा राम्रो प्रगति गरेर देखाउन सकु यही चाहान्छु ।

यो समय र विचारका लागी धन्यवाद
मलाई मेरो सांगितिक अनुभवहरु सुनाउने यो अवसर दिनुभएकोमा राजमार्ग अनलाईन परिवारलाई पनि धेरै धेरै धन्यवाद ।

Ad Area