अब नयाँ प्रधानमन्त्री को बन्छ ? काँग्रेस निर्णायक, तर निर्णय गर्न बाँकी

दाङ, १६ फागुन। प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि आह्वान भएसँगै अब नयाँ प्रधानमन्त्री को बन्छ ? भन्ने चासो सुरु भएको छ । संसद पुर्नस्थापना भएसँगै आफुहरुले जितेको महसुस गरेका नेकपाका प्रचण्ड–नेपाल समुहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

Blog Post Ad

तर प्रधानमन्त्री ओली पक्षका नेताहरुले भने तत्काल राजीनामा नदिने र सकेसम्म आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनिति बनाएका छन् । अबको प्रधानमन्त्री कसलाई बनाउने मुख्य भूमिका काँग्रेसको देखिएको छ ।

Blog Post Ad

काँग्रेसले जसलाई साथ दिन्छ, उही समूहले सरकारको नेतृत्व गर्ने अवस्था छ । काँग्रेस नेताहरुले भने औपचारिक रुपमा सरकारको बारेमा बोलिसकेका छैनन् ।

तर ओली पक्षका नेताहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिने र यहि सरकारलाई निरन्तरता दिने बताएका छन् । ओली पक्षका नेता महेस बस्नेतले सर्वोच्चको फैसलासँगै वर्तमान सरकारको निरन्तरता देखिएकाले प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभयो ।

प्रचण्ड–नेपाल समुहले भने संसदमा नयाँ अविश्वास प्रस्ताव लैजाने तयारी गरेको छ । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई पदबाट हटाउन नयाँ प्रक्रियामा जाने बताउनुभयो ।