Ad Area Ad Area
Ad Area
Ad Area

तेक्वान्दोमा सफलता चुम्दै सुनिता

Blog Post Ad

दाङ घोराहीकी सुनिता विष्ट विगत ९ वर्षदेखी तेक्वान्दो खेल खेल्दै आउनु भएको छ । उहाँ जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तरदेश विच हुने तेक्वान्दो प्रतियोगिताहरुमा पनि जित हात पार्न सफल हुनुहुन्छ । अल्फा तेक्वान्दो दोजाङ्गमा पनि सहायक प्रशिक्षकको रुपमा कार्यरत छु । यसैविच आज हामीले एक सक्षम महिला तेक्वान्दो खेलाडी सुनिता विष्टसँग कुराकानी गरेका छौँ ।

Blog Post Ad

सुनिता विष्ट
तेक्वान्दो खेलाडी

Blog Post Ad

स्वागत छ
धन्यवाद ।

वर्तमान समयमा के मा व्यस्त हुनुहुन्छ ?
म अहिले विशेष त खेल खेल्ने र सिकाउनेमै व्यस्त छु । मैले अहिले जिल्लास्तरिय, प्रदेशस्तरिय तथा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिताहरुमा पनि सहभागी हुने गरेको छु । अल्फा तेक्वान्दो दोजाङ्गमा पनि सहायक प्रशिक्षकको रुपमा कार्यरत छु । राजविधा पाठशालामा खेल शिक्षकको रुपमा पनि काम गरेर आफूलाई व्यस्त राख्दै आएको छु ।

Blog Post Ad

तेक्वान्दो कस्तो खालको खेल हो ?
तेक्वान्दो एउटा कोरिएन मार्शलाट हो । विशेष त यसलाई हात र खुट्टाको कला प्रदर्शन गर्ने खेलको रुपमा पनि यसलाई लिईन्छ । तर पनि यसमा धेरै मात्रामा खुट्टाको प्रयोग हुन्छ । यसले शारिरीक फिट्नेशका साथै मानिसलाई मानषिक रुपमा पनि स्वस्थ राख्ने गर्छ । हामीले तेक्वान्दोमै भविष्य पनि भेट्न सक्छौँ ।

यसमा कस्तो खालको भविष्य भेट्न सकिन्छ ?
राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय प्रशिक्षकको लागी लोक सेवाको फर्म खोल्छ । हामीले एनएस कोर्ष पुरा गरेको हुनुपर्छ लोक सेवा दिनको लागी ।ं लोक सेवामा नाम निकालेपछि हामीले राष्ट्रिय खेलकुद परिषदको खेलकुद प्रशिक्षको रुपमा जागिर खान पाउछौँ ।

हामी अव राम्रो खेलाडी भएर राष्ट्रिय टिममा बस्न सफल भयौँ भने हाम्रो सबै खर्च सरकारले बेहोर्दिन्छ । यसमा धैर्यताका साथ लागी प¥यो भने राम्रो भविष्य भेट्न सकिन्छ । थर्ड डन वेल्ड दिने वेला भयो ।

तेक्वान्दो खेलप्रति नयाँ पुस्तामा आक्रषण कस्तो छ ?
अहिले नयाँ पुस्तामा तेक्वान्दोप्रतिको आक्रषण धेरै नै राम्रो छ । अभिभावकहरुले पनि यसको महत्वलाई बुझ्नुभएको छ । २०२० मा सम्पन्न भएको सास खेलमा तेक्वान्दो खेलले नेपाललाई सात वटा मेडल प्राप्त गर्न सफल भएको थियो । त्यसले पनि यसप्रतिको आक्रषण बढ्दो छ ।


तपाई एउटा महिला भैरहदा खेरी तेक्वान्दो खेलमा के कस्ता चुनौति र अवसर देख्नुभएको छ ?
महिला भएकै कारणले विभिन्न खालका समस्याहरु त झेल्नै पर्छ । विभिन्न खालका आफ्नो व्यक्तिगत समस्याहरु पनि हुन्छन् ।

छोरी माान्छे यसरी खेलमा अघि बढ्दा घरबाट पनि सहयोग पाईन्छ भन्ने छैन् । सुरुसुरुमा मलाई पनि भन्नु हुन्थ्यो तर अहिले चाही घर परिवारबाट राम्रो साथ पाएको छु । अर्काेतर्फ हामीले फिजिकल गर्नुपर्छ । आफुले रोजेको काम आफ्नो चाहनाअनुसारको गर्दा जति दुखाई भए पनि दुखाईको महशुुस नहुदो रैछ ।

तेक्वान्दो खेलमा तपाईको प्रवेश कसरी भएको थियो ?
सुरुमा त म आफै खेल्छु भनेर होईन । अरुले खेलेको देखेर म रहर लागेर कक्षा ७ मा पढ्दा हापुरबाट गेम खेल्नकै लागी नारायनपुर सम्म पुग्ने गर्थे ।

१३ वर्षको हुदा २०६९ सालदेखी खेल्न सुरु गरेको तेक्वान्दोमा २०७२ सालमा राष्ट्रि खेलमा भाग लिने अवसर पाए । त्यसपछि महिलाहरुले धेरै राम्रो गर्न सक्ने रछैन् । मैले पनि गर्नुपर्छ भन्ने लाग्यो अनि मैले मन लगाएर खेल्न थाले ।

तेक्वान्दो खेलमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मेरो रोजाईअनुसारको काम पनि हो त्यसैले पनि म तेक्वान्दोमै सन्तुष्ट छु । मलाई तेक्वान्दोले सिकाएको मुख्य कुरा चाही धैर्यताका साथ कुनै काममा लागी प¥यो । एकदिन अवश्य सफलता पाईन्छ भन्ने मेरो मनमा छ ।

अन्य खेलमा जस्तो तेक्वान्दो खेलमा विवाद कत्तिको देखिन्छ ?
अन्य खेलमा फाईलन हुदा रेफ्रि पिट्यो । विवाद भयो भन्ने जस्ता खवर सुन्न पाउछौँ तर तेक्वान्दोमा चाही यस्तो हुदैन् । हाम्रो खेलमा रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुन्छ । हामीले रेफ्रिलाई जति सक्यो धेरै सम्मान दिन्छौँ । हाम्रो खेलमा अनुशान नै महत्वपुर्ण मानिन्छ ।

तपाई खेल खेल्नकै लागी कहाँ कहाँ पुग्नु भयो र के कस्ता जित हासिल गर्नु भएको छ ?
हाम्रो मेहनत जित र नामको लागी हुन्छ । मैले धेरै गेमहरु खेल सबै त भनेर पनि नसकिएला, सधै जिते नै भन्ने पनि छैन् । मैले कति खेलमा जिल्लामै पनि हारे होला । सधै जिते नै भन्ने पनि छैन् संघर्ष गरिरहेको छु । २०१९ डिसेम्वर अन्तिम तिर मैले पहिलो चोटि नेपाल बाहिर भारतमा खेल खेलेको थिए । त्यो खेलमा पनि म प्रथम हुन सफल भए ।

राष्ट्रियस्तरका खेलहरुमा पनि कहिले प्रथम, कहिले दास्रो र कहिले तेस्रो पनि हुदै आएको छु । कहिले काही सहभागी मात्रै पनि बनियो होला । तेक्वान्दो खेलमा हामीलाई नगद तोकेर त पुस्कार दिदैन तर हामीले ट्रफि, मेडलहरु प्राप्त गरेको छु ।

तपाई एउटा महिला भएर यसरी खेल क्षेत्रमा राम्रो गरिरहदा घरपरिवार र समाजले हेर्ने दुष्टिकोण कस्तो पाउनु भएको छरिवार र समाजले हेर्ने दुष्टिकोण कस्तो पाउनु भएको छ ?
अरुले मलाई के भन्छ भन्ने भन्दा पनि मैले आफूले के र कस्तो गरिराछु भन्ने सोचेर अघि बढ्छु । धेरैले राम्रो खालको प्रतिक्रिया पनि दिनुहुन्छ ।

कतिले छोरी मान्छे जति गरेपनि एकदिन अर्काको घरमा जाने नै हो पनि भन्नु हुन्छ । तर मैले म आफु कुन बाटोमा कसरी अघि बढिरहको छु सोचेर अघि बढ्छु । अहिले त घरपरिवाबाट पनि सहयोग पाएको छु । त्यसैले पनि म आफु सफल छु ।

तेक्वान्दो खेलको विकासका लागी स्थानिय सरकारले चासो के छ ?
हामीले अन्यत्र गएर खेल खेलाउदा पनि आफ्नो भन्दा पनि पहिले ठाउँको नाम घोषना गछौँ । हामीले आफ्नो क्षेत्रलाई पटक पटक मेडल ल्याउन सफल भैरहदा खेरी पनि स्थानिय सरकारले हाम्रो र तेक्वान्दो खेलको विकासको लागी ध्यान दिएको छैन् ।

हामीले खेल खेल्ने ठाउँहरु पनि प्रयाप्त मात्रामा छैन् । हामीले कभार्ड हलमा भाडा तिरेर खेल खेल्दै आएका छौँ । तर तेक्वान्दो र हाम्रो विकासका लागी स्थानिय सरकारले त्यत्ति ध्यान दिएको पाईएको छैन् । मैले स्थानिय सरकारले ध्यान दिन जरुरी देख्छु ।

अन्त्यमा मैले नसोधेको र तपाईलाई भन्न मन लागेको त्यस्तो केही छ भने ?
जुन कुरा पनि गर्दा पनि आफ्नो चाहना अनुसार गर्नुपर्छ भने धर्यताका साथ लगनशिल भएर लागी पर्नुपर्छ । त्यसपछि मात्रै हामीले सफलता भेट्न सक्छौँ । यहि भन्न चाहान्छु ।

हवस्त यो समय र विचारका लागी यहाँलाई धन्यवाद ।
मलाई पनि मेरो खेल क्षेत्रको अनुभव र संघर्षको विषयलाई प्रस्तुत गर्ने अवसर दिनु भएकोमा पनि राजमार्ग अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद ।

Ad Area