धैर्यता र संघर्ष नै व्यवसायिक सफलताको कडी

कैलालीमा जन्मिएका मीनराज भाट विगत १० वर्षदेखी दाङ र व्यवसायमै व्यस्त हुनुहुन्छ । उहाँले घोराही १५ मा बागेश्वरीमिन ट्रेडस् एण्ड सप्लायर्स सञ्चालन गर्दै उपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आउनु भएको छ ।

व्यवसायमै स्थापित हुनका लागी निकै संघर्ष र धैर्यता गर्नु भएका भाटले अहिले व्यवसायबाटै ६ जनालाई रोजगारी दिन समेत सफल हुनुभएको छ । यसैविच हामीले मीनराज भाटको व्यवसायीक संघर्ष र सफलताको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ …

Blog Post Ad

मीनराज भाट
बागेश्वरीमिन ट्रेडस् एण्ड सप्लायर्स
घोराही १५ स्वर्गद्धारी एफएम रोड

Blog Post Ad

यहाँलाई स्वागत छ ।
धन्यवाद ।

बागेश्वरीमिन टे«डस् एण्ड सप्लायर्सको जन्म कसरी भयो ?
कैलालीबाट अध्ययनको शिलशिलामा म नेपालगञ्ज आए । यहि व्यवसायसँग सम्वन्धित एउटा यूरिकापप्स् मल्टिनेशनल कम्पनिको मार्केटिङको रुपमा काम गरिरहेको थिए । त्यही क्रममा कम्पनिको एउटा ब्रान्च दाङमा खोल्ने क्रममा म दाङमा आएको हु । दाङमा ब्रान्च खोल्नको लागि कम्पनीका महेश कुमार जैसवालले मलाई धेरै सहयोग गर्नुभएको थियो र उहाको साथ सहयोगले मलाई धेरै नै उत्प्रेरित पनि गरायो।

मलाई यहाँको भौगोलिक वातावरण व्यवसायको सन्तुष्टि सबै कुराले मोहित बनायो । त्यसैले पनि मैले कम्पनिसँगकै सल्लाहमा यो व्यवसाय दाङमै सुरु गरेको थिए । यसरी विगत १० वर्षदेखी मैले आफुलाई दाङ र व्यवसायमै व्यस्त बनाएको छु ।

तपाईको व्यवसायीक सफलता र संघर्षको कुराहरु कस्ता छन् ?
सबैको संघर्ष कष्टपुर्ण नै हुन्छ । मेरो पनि त्यस्तै केही कष्टपुर्ण नै बित्यो । म अन्यत्रको मान्छे दाङमा आएर नयाँ ठाउँमा व्यवसाय गरिरहदा पहिलो तिन वर्ष मेरो निकै संघर्षमै बितेको हो । मेरो पेशा नयाँ खालको थियो । यसको मार्केटिङका लागी त्यही खालको संघर्ष गर्नु प¥यो । मैले दाङमा धेरैलाई यो ब्राण्डको बारेमा जनकारी पनि दिए ।

यसरी मैले मेरो ब्राण्डको मार्केटिङ गर्दा म अन्यत्रको मन्छे भएकाले विभिन्न खालका अपहेलना पनि भोग्नु प¥यो । मैले त्यही अपहेलनालाई नै सफलताको प्रेरणाको रुपमा स्वीकार्दै अघि बढे । त्यसैले पनि म सफल हुन पुगे ।

तपाई अन्यत्रबाट दाङ आएर यसरी सफलता हात पर्दाका दिनहरुलाई कसरी स्मरण गर्नु हुन्छ ?
मेरो व्यवसायलाई माथि उठाउनका लागी बजार क्षेत्रका प्रत्येक घरघरमा पुगेर मैले व्राण्डको बारेमा जानकारी दिन्थे । त्यस क्रममा कतिपय यस्ता व्यक्तिहरुसँग भेट भयो की उहाँहरुले नै मेरो व्यवसायलाई माथि उठाउन महत्वपूर्ण भुमिका खेलि दिनुभयो ।

स्वस्थ पानीका लागी मेरो व्यवसाय भएकाले पनि यस्को महत्वलाई बुझेका व्यक्तिहरुले भारतबाट पनियो प्रोडक्ट प्रयोग गर्दै आउनु भएको थियो । मैले दाङमै यस्तो व्यवसाय पहिलो पटक सुरु गरेपछि दाङका धेरै साथीहरुमा खुशीयाली छायो । विस्तारै नयाँ साथीहरुको पानी यस व्यवसायप्रति आक्रषण बढ्दै गयो ।

त्यति वेला तपाईलाई व्यवसायमा अवसर र चुनौति कस्ता थिए ?
त्यतिवेला मेरो व्यवसायमा म एकाधिकारी भएपनि त्यतिबेला यस्को चेतना आम नागरिकमा जम्न सकिरहेको थिएन । पहिलो ३ वर्षसम्म यसको मार्केटिङका लागी मैले एक्दमै प्रचारप्रसार र यसको वारेमा जानकारी गराए ।

त्यो तिन वर्ष केही संघर्ष पुर्ण नै भयो । त्यतिबेलाको मेहनतले नै अहिले मलाई सफलता दिएका हो । यो व्यवसायमा पनि अस्वस्थ प्रतिस्पर्धा छ ।

अस्वस्थ प्रतिस्पर्धा भैरहदा खेरी सेवाग्राहीले तपाईलाई नै किन रोज्ने ?
म आफैले सबैभन्दा राम्रो र अव्वल भन्न त मिल्दैन् तर सेवाग्रहीले बागेश्वरीमिन ट्रेडस् एण्ड सप्लायर्सलाई रोज्दै आउनु भएको छ । विगत १० वर्षदेखी नै मैले ग्राहाकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गदै आईरहेको छु । त्यसैले पनि मेरो व्यवसायको मार्केटिङ सेवाग्राही आफैले पनि गर्दिदै आउनु भएको छ ।

तपाई व्यवसायबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट नै छु । किनभने म अन्यत्रको मान्छे दाङ आएर जुन खालको संघर्ष गरे त्यो खालको सफलता भेटे त्यसैले पनि म सन्तुष्ट छु । मैले व्यपार गर्ने वस्तु प्रत्येक्ष स्वास्थ्यसँग सम्वन्धित बस्तु हो । त्यसैले पनि म सन्तुष्ट छु ।

सुरुमा मैले स्वस्थ पानीका लागी काम गरे अहिले त्यसैसँग सम्वन्धित किचनको चिम्नीहरु, तातो पानीको लागी सोलार वाटर हिटरहरु, घर सजावटका लागी फ्लोरिङ पार्गेटको काम गर्र्दै आएको छु । पछिल्लो ५ वर्ष यता व्यवसायलाई विस्तार गर्दै ल्याएको छु । त्यसैले पनि व्यवसायमै सन्तुष्ट छु ।

भोलीको दिनको योजना के छ ?
भोलीको दिनको योजना पनि व्यवसायलाई अझै विस्तार गर्दै लैजाने हो । मैले सुरुका दिनहरुमा डोमेष्ट्रिक कामहरु अल्ली बढि गरे । अहिले यही व्यवसायसँगै सम्वन्धित केही योजनाहरु बनाएको छु । म पानीसँगै सम्वधित योजना बनाएर अघि बढ्छु ।

कोरोना र बन्दाबन्दीको समयमा यहाँलाई कस्तो खालको नोक्सानी प¥यो ?
कोरोनाले मेरो मात्रै होईन, विश्वभरका सबै व्यवसायीलाई नोक्सानी पुरायो । त्यतिवेला व्यवसायीक नाफा घाटाको कुरा भन्दा पनि ज्यानको सवाल थियो । हामीहरु ज्यान बचाउ अभियानमा थियौँ । मैले पनि व्यवसाय लकडाउनको समयमा तिन महिलासम्म पुर्ण रुपमै बन्द गरे । नोक्सानीको त लेखाजोखा नै गरिएन ।

अभैm पनि व्यवसाय पुुरानै अवस्थामा फर्किन सकेको छैन् । आम नागरिकको आर्थिक गतिविधी जुन हिसावले चलायमान हुनु पर्ने हो, त्यो हुन अझै ५,६ महिना लाग्छ । त्यसैले पनि व्यवसाय पुरानै अवस्थामा फर्कन अझै केही समयम लाग्छ ।

यस्को आयात कस्तो छ र तपाईले विक्री वितरण गर्ने कहाँसम्म ?
अधिकांश समाग्री भारतदेखी नै आयात हुन्छ । फिल्टरहरु सबै ईन्डियाबाट आउछ, चिम्नी र सोलार केही भारतबाट र धेरै चाईनाबाट आउछ । फ्लोरिङ पार्गेटहरु थाईल्याण्ड र मलेसियाबाट आउछ । मैले नेपालका डिष्ट्रब्युटरहरुसँग सहकार्य गर्दैै अघि बढिरहेको छु ।

मैले साविकको राप्ति अञ्चलका जिल्लाहरुमा सामान निर्यात गरिरहेको छु भने लुम्विनी प्रदेशबाहेकका अन्य केही प्रदेशहरुमा पनि निर्यात हुन गर्छ ।

यो व्यवसायमा आम्दानी र लगानी कस्तो छ ?
१२ लाखको लागानीमा सुरु गरेको व्यवसायमा अहिले ५० लाख भन्दाधेरै लगानी भैसकेको छ । सुरुमा मेरो एउटा मात्रै प्रोडक्ट थियो अहिले ६,७ वटा प्रोडक्ट भैसकेको छ । व्यवसायबाट हुने आम्दानीबाट म निकै सन्तुष्ट छु ।

बागेश्वरीमिन ट्रेडस् एण्ड सप्लायर्सले समाज सेवालाई कसरी हेरेको छ ?
व्यवसायको जन्म समाजमै हुन्छ । व्यवसायले आफ्ना सबै क्रियाकलाप समाजमै गर्नुपर्छ । समाज विना व्यवसाय सम्भव छैन् । त्यसैले पनि हामीले समाज सेवालाई निकै महत्वका साथ हेरेका छौँ ।

मैले विगत ५ वर्षदेखी प्रत्येक वर्ष हस्पिटल, विद्यालय, मन्दिर जस्ता सामुदायिक सम्पतिको रुपमा रहेका ठाँउहरुमा मैले ३० देखी ५० हजार रुपैया सम्म पर्ने पानी फिल्टरिङका सामाग्री सहयोग गर्दै आईरहेको छु ।

स्वस्थ पानीका लागी प्रत्येक वर्ष कुनै एउटा सामुदायिक क्षेत्र रोज्दै मैले सहयोग गर्दै आईरहेको छु । समाज र बागेश्वरीमिन ट्रेडस् एण्ड सप्लायर्स प्रत्यक्ष रुपमा संलग्न बनाउदै अघि बढेको छु ।

तपाई विभिन्न संस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ, विभिन्न संस्थामा जोडिदा व्यवसायलाई कस्तो खालको फाईदा र वेफाईदा हुदो रैछ ?
व्यवसायसँगै विभिन्न संस्थाहरुमा पनि जोडिदा फाईदा हुन्छ । प्रत्यक्ष रुपमा फाईदा नभए पनि नयाँ नयाँ संघसंस्थाहरुमा पुग्दा खेरी उहाँहरुसँग परिचय हुन्छ । उहाँहरुलाई मेरो व्यवसायमा भएका सामाग्रीहरु आवश्यक पर्न पनि सक्छ ।

त्यसरी पनि व्यवसायलाई फाईदा हुन्छ । अर्काेतर्फ पदिय मर्यादालाई हेर्दा संस्थाको जिम्मेवारी धेरै हुन्छ । त्यसैले पनि सम्पुर्ण सेवाग्राहीलाई समय दिन अल्ली गाह्रो हुन्छ तर मैले सहजै समय व्यवस्थापन गरे ।

व्यवसायमा सफलता प्राप्तिका लागी के कुरा चाही महत्वपुर्ण हुदो रैछ ?
धैर्यता र संघर्ष नै सफलताको मुख्य कडी हो । मेरो संघर्ष र धैर्यता नै व्यवसायिक सफलताको प्रतिक हो ।

अन्त्यमा मैले नसोधेको तर तपाईलाई भन्न मन लागेको त्यस्तो केही छ भने ?
मैले जुुन किसिमको संघर्ष गर्दै आए त्यस्ले नै मलाई सफल बनाएको हो । त्यसैले जिवनमा सफलता प्राप्तीका लागी संघर्ष नै मुख्य कुरा मानिन्छ । मैले सानैदेखी व्यवसाय नै गर्छु भन्ने सोच्थे । निकै संघर्शका बावजुद म आज एउटा ब्यवसायमा तल्लिन रहेको छु र साथै त्यसैले होला मैले व्यवसायमै सफलता भेटिरहेको छु ।

यो समय र विचारका लागी पनि तपाईलाई धेरै धेरै धन्यवाद ।
मलाई मेरो व्यवसायिक अनुभव बाड्ने यो अवसर दिनुभयो । यसको लागी पनि राजमार्ग अनलाईन परिवारलाई धेरै धेरे धन्यवाद ।