रोनाल्डोको २ गोलमा युभेन्ट्स विजयी

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई घरेलु मैदानमा जित दिलाउन क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन केन्नीले १ गोल गरे ।

Blog Post Ad

जितसँगै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ४५ अंक छ । यता क्रोटोन भने २३ खेलबाट १२ अंकसहित तालिकाको पुछारमा छ । 

Blog Post Ad