दाङ, १० फागुन। कोरोना बिमामा परेका दाबीमध्ये करिब ४१ हजार २ सय २६ ले भुक्तानी पाएका छन । ती दाबी उपर ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको नियामक निकाय बिमा समितिले जनाएको छ ।
कागजात पुगेका कुल दाबीको करिब साढे ५३ प्रतिशत हो । त्यसयता पनि बिमा भुक्तानी भएको छ । यसकारण दाबी भुक्तानी संख्या अझै बढ्ने बिमा कम्पनीहरूको दाबी छ ।
फागुन ७ सम्म सबै बिमा कम्पनीमा गरी ० हजारभन्दा बढी बिमा दाबी परेको जनाइएको छ । त्यसमध्ये ७७ हजार १ सय २ वटा दाबीको मात्र कागजात पूरा भएको सरकारी तथ्यांक छ । कागजात पुगेका दाबीमध्ये करिब ४१ हजार २ सय २६ को भुक्तानी भएको हो ।

भुक्तानी हुन बाँकी दाबीमध्ये ५ हजार ३ सय १३ वटा स्वीकृतिको प्रक्रियामा रहेको ९ हजार ७ सय ३४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट फिर्ता हुन बाँकी रहेको र २ हजार ३ सय १९ वटा दाबी पठाउने तयारीमा रहेको जनाइएको छ ।।
