दाङ, ९ फागुन । तुलसीपुरमा टोल विकास संस्थाले भुमिहिन दलित, सुकुम्बासी र अव्यबस्थित बसोबासी लिदै आएको शुल्क अब नलाग्ने भएको छ ।
विभिन्न बहानामा भूमिहिन सुकुमबासीबाट टोल विकास संस्थाले रकम असुलेको समाचार बाहिर भएपछि तुलसीपुर उपमहानगरपालिकाले अब टोल विकास संस्थालाई कुनै पनि बहानामा शुल्क नलिन निर्देशन जारी गरेको हो ।

नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्कराज गौतमले आइतबार विज्ञप्ती जारी गरी भूमिहिन सुकुमबासीबाट लिदैँ आएको सिफारिस, प्रबेश शुल्क लगायतका अन्य कुनै शुल्क नलाग्ने नलिन टोल विकास संस्थालाई निर्देशन जारी गर्नुभएको छ ।

उपमहानगर भित्र रहेका टोल विकास संस्थाहरुले भुमिहिन दलित, सुकुम्बासी र अव्यबस्थित बसोबासीको लगत संकलन गर्दा मनपरि रुपमा रकम असुल गरेको भन्दै चर्को रुपमा जनगुनासो बढेको थियो ।
जारी विज्ञप्तीमा यदि कसैले काम गर्ने बहानामा रकम असुल गरेकोे पाईएमा कानुन बमोजिम कारबाही गरिने उल्लेख छ ।