Ad Area
Ad Area

टिमार्टद्धारा कर्मचारी डिसीलाई सम्मान

दाङ, ९ फागुन । घोराहीमा सञ्चानमा रहेको टि मार्ट सुपर मार्केटले आफ्नो कर्मचारी कविता डिसीलाई सम्मान गरेको छ । टि मार्टका सञ्चालक दुई टिकाराम रावत र पूर्ण रोकाको उपस्थिती एवं मार्टका सम्पूर्ण कर्मचारीको सहभागितामा एक कार्यक्रम गरी डिसीलाई सम्मान गरिएको हो ।

तिन/तिन महिनाको फरकमा एक जना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत यस पटक क्यासियर कविता डिसीलाई सम्मान गरिएको सञ्चालक पूर्ण रोकाले जानकारी दिनुभयो । कामको मूल्याङ्कन गर्दै कर्मचारीमा थप उत्साह प्रदान गर्ने उद्धेश्यका टि मार्टले सम्मान कार्यक्रम गर्न थालेको अर्का सञ्चालक टिकाराम रावतले बताउनु भयो ।

Blog Post Ad

सर्भसुलभ मुल्यमा गुणस्तरिय सामाग्री प्रदान गर्दै आईरहेको टि मार्टले सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिदै आएको उहाँले बताउनु भयो ।

Blog Post Ad
Ad Area