दाङ, ९ फागुन । ‘‘म २०२९ सालमा जन्मे, त्यतिबेलाको अवस्थामा थारु केटिहरु एक जना पनि स्कुल जादैन थिए । मेरो घर परिवारमा हामी दाजुभाई ६ जना हौँ म स्यानी हु । उहाँहरु पनि कैले स्कुल जानु भएन र मैले स्कुल जादा पनि धेरै संघर्ष गरेर पढे ।
एक दिन मेरो माईली दिदि स्कुल गएको थाहा पाएर आमाबुबाले धेरै पिट्नु भयो । त्यसैले २ कक्षा सम्म पढ्दा मरो घरमा कसैले पनि थाहाँ पाउनु भएन की म स्कुल जान्छु भन्ने । म खेल्न जान्छु भन्थे अनि जान्थे । त्यत्ति वेला फिस लाग्दैन थ्यो निशुल्क थ्यो सजिलो भयो । जव ४ कक्षामा पुगे तव निशुल्क भएन मलाई धौ-धौका आमा बुबाले स्कुलमा भर्ना गरिदिनुभयो ।”
यो भनाई स्यानी चौधरीको हो । जिवनलाई नजिकदेखी चिनेको, दुःख र सघर्षपछिको सन्तुष्टिमै रमीरहेको एउटा नाम हो स्यानी चौधरी । यदि शिक्षाको महत्वलाई कसैले नजिकबाट बुझेको छ, भने त्यो नाम हो स्यानी चौधरी । नेपाली भुमीमा समयको कालखण्डमा कयौ महान् व्यक्तिहरु जन्मीए, यस्तै मध्येकी उदाहरिय पात्र हुन स्यानी चौधरी ।
चौधरीले २०२९ सालमा जन्मिनु भएकी स्यानी चौधरीले प्राथमिक विद्यालय अम्वापुर दाङबाट आफ्नो अध्ययनलाई अघि बढाउनुभएको हो । उहाँले २०४७ सालमा अमर माध्यामिक विद्यालय उरहरीबाट एलएलसी सेकेन्ड डिभिजनमा पास गर्नुभएकी चौधरीले २०६० सालदेखी दिदीघर नामक संस्था सञ्चालन गर्दै समाजमा अतुलनिय काम गरी सकारात्मक परिवर्तन ल्याउने गतिलाई अघि बढाईरहनु भएको छ ।
उहाँ भन्नु हुन्छ,-‘ मैले एसएलसी पास गरेसँगै आखाको स्वाथ्यसम्वन्धि काम गर्ने अवसर पनि पाए । त्यसपछि म बेस संस्थासँग जोडिएर काम गरे । मैले १२ वर्ष सम्म वेसमा काम गरे । बेनिस इन्जासाईकलले जापानमा स्कलरशिप दिएर जापानमा पढ्ने अवसर दिनुभयो । मैले जापानमा पढाईसँगै काम पनि गरे र केही पैसा कमाए ।
मैले अहिले पनि विभिन्न देशहरुमा पुगेर तालिम दिने काम गर्दैै आईरहेको छु । त्यो कमाएको सबै पैसाले दिदि घर सञ्चालन गरे, उहाँले भन्नु भयो । उहाँ हुकर्दै गर्दा छोरी स्कुल गएको देख्दा कुरा काट्ने अपहेलना गर्ने समाजमा थियो ।
त्यो बेला पनि उहाँमा पढाई लेखाई गर्ने दृढ इच्छा भएकाले सुरुमा स्यानी सानो बाबु अर्थात केटाको भेषमा लंगौटी, दाईहरुको पाईन्ट सर्ट लगाएर स्कुल जाने गरेको उहाँ सुनाउनु हुन्छ ।
स्यानी ७ बर्षको हुदा कक्षा २ मा अध्ययन गर्ने क्रममा आफ्नो गाउँ ठाउँमा स्कुल नजानेहरुलाई स्कुल जानुपर्छ पढ्नुपर्छ भन्दै प्रेरणा दिदै आफुले जानेका कुरा विद्यालयबाट आएर साँझ रात्री कक्षा सञ्चालन गरी आफु एसएलसी दिदासम्म निशुल्क रुपमा सिकाउने र पढाउने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ ।
त्यसबेला थारु समाजमा व्याप्त कमैया कमलरी प्रथा थियो ती कुरिती, कुसंस्कारलाई हटाउन पनि स्यानीले आफ्नो जीवनमा लामो समयसम्म ठुलो दान दिनुभएको छ । पिछडिएका थारु समुदायमा जन्मीनु भएकी स्यानीले छोरीलाई घरायसी काम काजमा मात्र सिमित राख्ने विवाह गरी अर्काको घरमा जाने जात भन्दै पढ्न लेख्नबाट बञ्चित गर्ने कुरीति, कुसंस्कारका विरुद्ध आवाज उठाई सबैमा समानताको भाव हुनुपर्छ भन्दै जनचेतना जगाउने काम उहाँले गर्नुभएको छ ।
राजनितिशात्र र समाजशास्त्रमा उच्च शिक्षा हासिल गर्नुभएकी स्यानीले दिदीघर नामक संस्था खोली महिला हिंसाका विरुद्धमा आवाज उठाउने, सामाजिक कुरिती हटाई सबैमा समानताको भाव जगाउने, छोराछोरीलाई स्कुल जान प्रोत्साहन गर्ने, जनचेतना जगाउने र महिलाहरुलाई नेतृत्व तथा व्यवसायिक, सीपमुलक तालिमको व्यवस्था मिलाउनु भएको छ ।
संस्थाका सदस्यहरुलाई लगायत अन्य पिडितहरुलाई संस्थामा आउँदा कसैले सोध्दा दिदीघर जाँदैछ भनेपछि सोध्नेले कुनै आफ्नी दिदीको घर जाँदै होली भन्ने सोची उनीहरुलाई नरोक्ने र आफ्नो काममा कुनै रोकावट नआउला भन्ने सोचेर संस्थाको नाम दिदीघर राखेको उहाँ बताउनुहुन्छ ।
निकै सहयोगी, लगनशिल र मेहनेती स्यानीले गरिवीका कारणले पढ्न लेख्न समस्या भएका सयौँ बालवालिकाहरुलाई गुणस्तरीय शिक्षा, उच्च शिक्षा पाउन भन्ने उद्देश्यले उनीहरुलाई छात्रवृती स्वरुप फिस, कलम, कपी, झोला, ड्रेस प्रदान गर्दै आउनुभएको छ भने असहाय, अनाथ बालबालिकाहरुलाई संरक्षण दिई ग्रेट अरनिको इंगलिस सेकेन्डरी स्कूल तुलसीपुरमा पढ्ने लेख्ने व्यवस्था मिलाउनु भएको छ ।
उहाँले अहिले दिदिघर मार्फत १० जना अनाथ बालबालिकालाई अभिाभत्व प्रदान गर्दै आउनु भएको छ भने देशभरका यस्ता हजारौ बालबालिकालाई अभिभात्व प्रदान गर्ने उहाँको सपना छ । उहाँले आफुले विभिन्न दुःख भोग्नु परेकाले पनि अरुलाई यस्तो समस्या झेल्न नपरोस् भन्ने उद्धेश्यका आफ्नो जिवन नै दिदिघरमै केन्द्रित बनाएको उहाँले बताउनु भयो ।