Ad Area
Ad Area

अटो चालकलाई ट्राफिक नियम सिकाउदै दाङ महिला जेसीस

दाङ, ८ फागुन । दाङ महिला जेसीसले अटो चालकका लागी घोराहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । दाङ महिला जेसीसकी अध्यक्ष ममता विष्टको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीको प्रमुख आतिथ्यतामा अटो चालकहरुलाई ट्राफिक नियमका वारेमा सचेतना प्रदान गरिएको हो ।

दैनिकरुपमा बजारमा अटो भित्रिने क्रम बढ्दै गईरहेको र यसबाट हुने सवारी दुर्घटनाका घटनाहरुहरु पनि बृद्धि भैरहेको भन्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख जिसीले वारी दुर्घटना न्युनिकरण गर्नु नै आफूहरुको पहिलो दायित्व भएको भन्दै अटो चालकहरुलाई ट्राफिक नियमको पालनामा गम्भिर बन्न आग्रह गर्नुभयो ।

Blog Post Ad

तोकिएको ठाउँमा मात्रै पार्किङ गर्न, क्षमता भन्दा धेरै यात्रु नबोक्न र तोकिएको क्षेत्रभित्र मात्र अटो चलाउन आग्रह गर्नुभयो ।

६० जना अटो चालकहरुलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिदै उहाँले यस्तो बताउनु भएको हो । अहिले नेपालमा वार्षिक सरदर १७ सय मानिसको मृत्यु सवारी दुर्घटनाकै कारण मृत्यु भैरहेको भन्दै यसलाई न्यूनिकरण गर्न चालकहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा आस्थापठ जेसी सुनितासिंह ठकुरीले गर्नुभएको थियो । कार्यक्रम संयोजत दाङ महिला जेसीसकी उपाध्यक्ष दिलु मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव सुनिता थापाले गर्नुभएको थियो ।

Ad Area