Ad Area
Ad Area

सीमा–नाका क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाई गर्न निर्देशन

दाङ, ८ फागुन । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै प्रादेशिक कार्यालयहरुलाई परिपत्र गरेको छ । पछिल्लो समय सीमा, नाका क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढेको भन्दै निगमले यस्तो निर्देशन गरेको हो ।

हिजो निगमको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाई गर्नुका साथै त्यस्ता पम्पहरुको खरिद विक्रिको तथ्याङ्क राख्न र त्यस्ता पम्पहरुमाथि बारम्बार निगरानी राख्न समेत प्रादेशिक कार्यालयहरुलाई निर्देशन गरेको छ ।

Blog Post Ad

प्रादेशिक कार्यालयहरुले आफु मातहतमा पर्ने सीमा क्षेत्रका पेट्रोल पम्पहरु मध्य दैनिक न्यूनतम ५ वटा पम्पहरुको निरीक्षण गरि आवश्यक विवरणहरु लिनुपर्ने, दैनिक औषत बिक्रीको परिणाम लिनुपर्ने, बिक्री वितरणको विवरणसहितको बिल राख्नुपर्ने लगायतको व्यवस्था निगमले गरेको छ ।
त्यस्तै, बिक्रेता पम्पहरु पनि आफ्नो दैनिक बिक्री वितरणको यथार्थ विवरण राखि अनुगमन कार्यालयहरुलाई उपलब्ध गराउनुपर्ने र सवारी साधनबाहेक,ड्रम, जर्किन, ग्यालिन तथा अन्य उपकरणहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण पूर्णतः बन्देज लगाउनुपर्ने निगमले निर्देशन गरेको छ ।

Blog Post Ad
Ad Area