Ad Area
Ad Area

रोल्पामा सम्पन्न तेक्वान्दो च्याम्पीयनशिपको उपाधी दाङका जस्मिनलाई

दाङ, ६ फागुन। रोल्पामा सम्पन्न भएको तेक्वान्दो च्याम्पीयनशिपको उपाधी दाङका जस्मिन चौधरीले हात पार्नु भएको छ ।

२६ औँ जनयुद्ध दिवसको अवसरमा रोल्पाको थवाङ्गमा सम्पन्न भएको तेक्वान्दो प्रतियोगितामा ४० देखी ४५ केलीग्राम तौल समूहतर्फ दाङका चौधरीले जित हात पर्नु भएको रेफ्री सुनिता बिष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम भएका जस्मिन चौधरीलाई नै वेष्ट प्लेएरको रुपमा सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । बिजेता चौधरीलाई मेडल र ट्रफी प्रदान गरिएको विष्टले जानकारी दिनुभयो ।

Blog Post Ad

यस्तै महिलातर्फ ४० देखी ४५ किलोग्राम तौँल समूह अन्तरगत दाङकै सरिता क्षेत्रीले तेस्रो स्थान लिन सफल हुनुभएको छ । उहालाई मेडल र ट्रफी प्रदान गरेर सम्मान गरिएको हो ।

Blog Post Ad
Ad Area