Ad Area Ad Area
Ad Area

गुल्मीमा जीप दुर्घटना, ३ को मृत्यु, ६ जना घाइते

Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad

दाङ, ६ फागुन । गुल्मी  सदरमुकाम तम्घासबाट पराल्मी रातामाटा जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जनाको घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad

लु१ज १९८८ नम्बरको जीप दुर्घटना हुँदा रेसुंगा नगरपालिका १४ का ४८ बर्षीय एक बहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad

त्यस्तै पराल्मीकै ४७ बर्षीय गोमा नेपाली र २८ बर्षीय शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको पाण्डेयले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad

त्यस्तै रेसुंगा नगरपालिका १४ का जिप चालक २२ बर्षीय भरत पोख्रेल, २७ बर्षीय बिर बहादुर सुर्यवंसी, ३७ बर्षीय गोमा सामत, ६५ बर्षीय देव बहादुर नेपाली, २७ बर्षीय प्रकाश नेपाली र साढे ४ बर्षीय खुसी नेपाली घाइते भएकी छन् । जिप सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटना घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर गुल्मी अस्पताल तम्घास ल्याएका थिए ।

Blog Post Ad Blog Post Ad

चालक भरत पोख्रेल र विर बहादुर सुर्यवंशीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल प्रभास पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । ओसेपिलो ठाउँमा जिप चिप्लीएर सडकबाट तल खसेको स्थानीयको भनाई छ ।

Ad Area