Ad Area
Ad Area

गुरुको सातौ कृति तिमीले गाउँ छोडेपछि कविता संग्रहको घोराहीमा समीक्षा

दाङ, १ फागुन । राप्ती साहित्य परिषद दाङको आयोजनामा शुक्रबार घोराहीमा एक कार्यक्रम गरी नगेन्द्र गुरुको सातौ कृतिको समिक्षा गरएको छ । परिषद दाङका उपाध्यक्ष गुरुको अध्यक्षता एवं राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी तिमीले गाउँ छोडेपछि कविता संग्रहको समीक्षा गरिएको हो ।

कविता संग्रहको समिक्षा साहित्यकार डा.कृष्णराज डीसी र यज्ञ बहादुर डाँगीले गर्नुभएको थियो । प्रमुख अतिथि खनालले नगेन्द्र गुरुका रचना अन्याय र कुसंस्कारका विरुद्धमा हुने गरेको बताउनु भयो । महिला प्रतिको सम्मान र राष्ट्रप्रतिको माया कृतिमा रहेको बताउनु भयो ।

Blog Post Ad

कार्यक्रममा लेखक संघका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली, योग पतन्जली लुम्विनी प्रदेशका संयोजक प्रेम शाह, देवा पौडेल लगायतकाले शुभकामना मन्तव्य दिनुभएको थियो । साहित्यकार घनश्याम अस्तित्व, हरि प्रसाद पौडेल स्वणर् शीखाले रचना वाचन गर्नु भएको थियो ।

Blog Post Ad

गोपाल भुषाल अभिलाषीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको रहजिकरण सहित्यकार शारदा शर्माले गर्नु भएको थियो ।

Ad Area