दुर्घट्ना बढे पछी दाङका अटो चालकलाई लाइसेन्स अनिवार्य

दाङ, १५ माघ। सवारी चालक अनुमतिपत्र बिना ट्राफिक प्रहरीले अटो संचालनमा कडाई गरेसंगै अटो चलाएर स्वरोजगारी बनेकाहरु समस्यामा परेका छन् ।

दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र बिनाका अटो संचालनमा कडाई गर्न थालेपछि आफुहरु अहिले विस्थापित हुने अवस्थामा पुगेको अटो चालक दिपेन्द्र रसाइलीले बताउनुभयो । लाइसेन्स भएपछिमात्रै अटो चलाउन पाइने नियम राम्रो भएपनि लाइसेन्स पाउने प्रक्रिया फराकिलो नहुँदा लाइसेन्स प्राप्त गर्न नसकेको उहाँको भनाई छ ।

Blog Post Ad

बजारदेखि गाउँसम्म पछिल्लो समय अटो संचालन भएका छन् । संचालनमा आएका अधिकांश अटो चालकसंग लाइसेन्स छैन् । अटो चालक अनुमति पत्र वितरण प्रक्रिया झन्जटिलाले हुँदा अधिकांश चालकले अटो प्राप्त नगरी नै अटो चलाइरहेका छन् । चालक अनुमति पत्र विरतण पक्रियालाई सहज बनाउनुपर्ने अर्का अटो चालक धनबहादुर बस्नेतले बताउनुभयो ।

Blog Post Ad

अहिले धेरैले बिना लाइसेन्स नै अटो किनेर चलाउँदै आएका छन् ।

लाइसेन्स बिना अटो चलाउँदा दुर्घटनापछि स्वयं चालकलाई नै समस्या हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले बताउनुभयो ।

लाइसेन्स वितरण पक्रिया पनि फराकिलो बनाउनका लागि प्रयास भइरहेको उहाँको भनाई छ । प्रहरीले लाइसेन्स बिनाका अटोहरु संचालनमा कडाई गरेपछि लाखौँरुपैँया कर्जा गरेर अटो किनेकाहरु पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् ।