Ad Area
Ad Area

तुलसीपुरमा आधुनिक टावर निर्माण हुदै

दाङ , १५ माघ । तुलसीपुरमा आधुनिक टावर निर्माणको काम अगाडी वढ्ने भएको छ । तुलसीपुरमा बहुउद्देश्यीय व्यापारीक कम्प्लेक्स वनाउने गरी नगर विकास कोषसँग सम्र्झौता भएको हो ।

नगरप्रमुख घनश्याम पाण्डे र नगर विकास कोषको बीचमा यो सम्झौता भएको हो । सम्झौता अनुसार २८ करोड लागतमा निर्माण हुने भवनका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने भएको छ भने बाँकी ३० प्रतिशत उपमहानगरपालिको व्यहोर्नु पर्नेछ । तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिनका लागि कम्प्लेक्सले महत्वपूर्ण भुमिका वहन गर्ने नगरप्रमुख पाण्डेले वताउनुुभयो ।

Blog Post Ad

उपमहानगरपालिकादेखि उत्तरतिर पुरानो तरकारी बजारको खाली ठाउँलाई कम्प्लेक्सका लागि छनोट गरिएको छ ।

Blog Post Ad
Ad Area