रोडिज ३ को बिजेता र दाङका प्रतिस्पर्धीलाई सम्मान

दाङ, १४ माघ । हिमालय टेलिभिजनबाट प्रसारण भएको रोडिज सिजन ३ का विजेता तथा दाङका एक प्रतिस्पर्धिलाई श्रेष्ठ अटो मोवाईल्स ( यामाहा )घोराही दाङले स्वागत तथा सम्मान गरेको छ ।

Blog Post Ad

यमाहा मुख्य प्रयोजक रहेको हिमालय रोडिज सिजन ३ को उपाधि जित्नुभएका पोखराका सुजन सुवेदीसँगै दाङका प्रतिस्पर्धि टप फाइभमा पर्न सफल रामचन्द्र केसीलाई आज घोराहीमा एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरिएको हो ।

Blog Post Ad

दाङको लागी यामाहाको आधिकारिक विक्रेता श्रेष्ठ अटो मोवाईल्स शोरुमका सञ्चालक राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरिएको हो ।

रोडिजका विजेता पोखराका सुवेदीले यामाहाको मोटरसाईकल तथा १० लाख रुपैया पुरस्कार पाउनु भएको थियो ।